यु–१९ विश्वकप खेल्ने अवसरबाट चुक्यो नेपाल « Khabarhub

यु–१९ विश्वकप खेल्ने अवसरबाट चुक्यो नेपाल


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आईसीसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट खेल्ने नेपाली युवा टोलीको सपना अधुरै रहने भएको छ ।

संयुक्त अरब ईमिरेट्स (युएई)ले ओमानलाई हराएसँगै विश्वकप खेल्ने नेपालको सपना अधुरै रहने भएको हो ।

ओमानसँगको अन्तिम खेलमा युएई १० विकेटले विजयी भयो । ओमानले दिएको १०६ रनको लक्ष्य युएईले १२.१ ओभरमा विनाकुनै विकेटको क्षतिमा पुरा गर्‍यो ।

युएई ओमानसँग पराजित भएको अवस्थामा मात्रै नेपाल यु–१९ विश्वकप छनौट प्रतियोगिताअन्तर्गत अंक तालिको शीर्ष स्थानमा उक्लिने अवस्था हुन्थ्यो ।

छनोट प्रतियोगितामा सम्मेलित ६ टोलीमध्ये शीर्ष स्थानमा रहने टोलीले मात्रै विश्वकप खेल्न पाउने छ ।

५ खेल खेल्दा सबैमा जीत निकाल्दै युएईले अंक तालिकको शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

वर्षाका कारण प्रभावित युएईसँगको खेल डिएल मेथडमा जाँदा नेपाल १ रनले पराजित भएको थियो । नेपालका लागि युएईसँगको उक्त हार दुर्भाग्य बन्यो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ११ : ५५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट