देशको अर्थतन्त्र : व्यापारघाटा उकालो लाग्दै, विदेशी मुद्राको सञ्चिति ओरालोतिर « Khabarhub

देशको अर्थतन्त्र : व्यापारघाटा उकालो लाग्दै, विदेशी मुद्राको सञ्चिति ओरालोतिर



काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ८ महिनामा व्यापारघाटा बढेर ८ खर्बभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आठ महिना अर्थात् फागुनसम्म नेपालको वैदेशिक व्यापारको घाटा चुलिएको हो ।

केन्द्रीय बैकका अनुसार गत फागुनसम्म ९ खर्ब ४९ अर्बको आयात हुँदा ६१ अर्ब २२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । बैकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु खातामा घाटाको विस्तार समेत बढेको छ । अघिल्लो वर्षको फागुनसम्ममा १ खर्ब ५४ अर्ब ९९ करोड रुपैयाँ चालु खाता घाटाका रुपमा रहेको रकम बढेर १ खर्ब ९१ अर्ब १३ करोड पुगेको छ ।

रेमिट्यान्स बढ्यो, विदेशी मुद्राको सञ्चिति घट्यो

पहिलो ८ महिनामा रेमिट्यान्समार्फत् विदेशबाट आउने रकम भने बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार फागुनसम्ममा ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ भित्रिएको छ । तर विदेशी मुद्राको सञ्चिति भने घटेको छ । अघिल्लो असारमा ११ खर्ब २ अर्ब रुपैयाँ विदेशी मुद्रा रहेकोमा फागुनसम्ममा सञ्चिति घटेर १० खर्ब ६१ अर्ब रुपैयाँ ७१ करोड रुपैयाँ पुगेको छ ।

सरकारी खर्च र राजश्व संकलन बढ्यो 

राष्ट्र बैकका अनुसार सरकारी खर्च अघिल्लो वर्षको तुलनामा करिब १३ अर्ब रुपैयाँले बढेको छ । संघीय सरकारले अघिल्लो वर्षको पहिलो ८ महिनामा ५ खर्ब ६ अर्ब ५५ करोड रहेकोमा यो वर्षको पहिलो ८ महिनामा सरकारी खर्च बढेर ५ खर्ब १९ अर्ब ५८ करोड रुपैया पुगेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष राजश्व रकम भने बढेको छ । गत फागुनसम्ममा ५ खर्ब २० अर्ब ७९ करोड रुपैया राजश्व संकलन भएको छ । अघिल्लो वर्षको पहिलो ८ महिनामा यस्तो रकम ४ खर्ब ३० अर्ब ६ करोड जम्मा भएको थियो ।

बैंकको निक्षेप घट्यो, बैंकको धेरै लगानी घरजग्गामा

राष्ट्र बैकका अनुसार पछिल्लो ८ महिनामा बैंकमा निक्षेपसमेत घटेको छ । राष्ट्र बंैकका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १ प्रतिशतले निक्षेप रकम घटेको छ । तर बैंकहरुको कर्जा विस्तार भने ० दशमलव २ प्रतिशतले बढेको छ । बैंकहरुको कर्जा प्रवाह सबैभन्दा बढी घर तथा जग्गाको क्षेत्रमा रहेको छ । बैंकका अनुसार फागुनमा कूल कर्जामध्ये ६३ दशमलव ९ प्रतिशत कर्जा घर जग्गाको धितोमा, कृषि तथा गैरकृषि बस्तुमा १४ दशमलव २ प्रतिशत प्रवाह भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : ३७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले