वार्तामा अमेरिकी विदेशमन्त्रीको सहभागिता अस्वीकार्य : उत्तर कोरिया « Khabarhub

वार्तामा अमेरिकी विदेशमन्त्रीको सहभागिता अस्वीकार्य : उत्तर कोरिया


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले आणविक निशस्त्रीकरणबारेको सम्भावित वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको सहभागिता अस्वीकार गरेको छ ।

उत्तर कोरियाको सरकार नियन्त्रित सञ्चारमाध्यम केसीएनएले उत्तर कोरियाली विदेशमन्त्रालयका उच्च अधिकारी क्वन जोङ गुनलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारमा आणविक निशस्त्रीकरणका विषयमा हुने सम्भावित वार्तामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको सहभागिताले वार्तालाई अघि बढ्न सहयोग गर्न नसक्ने उल्लेख छ ।

समाचारमा वार्ताका लागि पोम्पेओबाहेक अरु नै कोही होसियार र परिपक्व व्यक्तिको आवश्यकता रहेको जनाइएको छ ।

केसीएनएले अमेरिकाले वार्ताको मुख्य व्यवधान नत्यागेमा कोरियाली प्रायद्विपमा उत्पन्न हुनसक्ने अवस्थाको कल्पना कसैले पनि गर्न नसक्ने चेतावनी समेत दिएको छ ।

गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष स्थगित भएपछि हाल उत्तर कोरिया र अमेरिका यसको दोष दुबै मुलुकले एक अर्कालाई दिँदै आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ४ : ५१ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले