वार्तामा अमेरिकी विदेशमन्त्रीको सहभागिता अस्वीकार्य : उत्तर कोरिया « Khabarhub

वार्तामा अमेरिकी विदेशमन्त्रीको सहभागिता अस्वीकार्य : उत्तर कोरिया


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले आणविक निशस्त्रीकरणबारेको सम्भावित वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको सहभागिता अस्वीकार गरेको छ ।

उत्तर कोरियाको सरकार नियन्त्रित सञ्चारमाध्यम केसीएनएले उत्तर कोरियाली विदेशमन्त्रालयका उच्च अधिकारी क्वन जोङ गुनलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारमा आणविक निशस्त्रीकरणका विषयमा हुने सम्भावित वार्तामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको सहभागिताले वार्तालाई अघि बढ्न सहयोग गर्न नसक्ने उल्लेख छ ।

समाचारमा वार्ताका लागि पोम्पेओबाहेक अरु नै कोही होसियार र परिपक्व व्यक्तिको आवश्यकता रहेको जनाइएको छ ।

केसीएनएले अमेरिकाले वार्ताको मुख्य व्यवधान नत्यागेमा कोरियाली प्रायद्विपमा उत्पन्न हुनसक्ने अवस्थाको कल्पना कसैले पनि गर्न नसक्ने चेतावनी समेत दिएको छ ।

गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष स्थगित भएपछि हाल उत्तर कोरिया र अमेरिका यसको दोष दुबै मुलुकले एक अर्कालाई दिँदै आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ४ : ५१ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले