के प्रियंकाले बच्चा जन्माउन लागेकी हुन् ? यसो भन्छन् निक « Khabarhub

के प्रियंकाले बच्चा जन्माउन लागेकी हुन् ? यसो भन्छन् निक


५ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाका गायक तथा कलाकार निक जोनस र उनकी पत्नी/अभिनेत्री प्रियंका चोपडाले यतिबेला आफ्नो वैवाहिक जीवनको मजा लिइरहेका छन् ।

केही समय अघि देखि प्रियंका गर्भवती भएको समाचारहरु सार्वजनिक भएका थिए भने उनका फ्यानहरुले समेत प्रियंका गर्भवती भएको विषयमा चर्चा गरिरहेका थिए । तर उनी भने तत्काल परिवारमा सदस्य बढाउने मुडमा छैनिन् ।

उनी बच्चा जन्माउन तयार नरहेको बारे पति निकले मुख खोलेका छन् ।

एक अन्तर्वार्तामा निक जोनसले बच्चाका बारेमा प्रश्न गर्दा उनले आफूहरुले यसका लागि समय लिइरहेको बताए । उनको उत्तरबाट नै स्पष्ट हुन्छ कि, अहिले निक–प्रियंका बच्चा जन्माउने योजनामा छैनन् ।

अभिनेत्री प्रिय‌का चोपडाले इन्टाग्राममा पोस्ट गरेको तस्वीर ।

पछिल्ला दिनमा प्रियंका चोपडा गर्भवती भएको हल्ला भाइरल भएको थियो । केही समय पहिले प्रियंका न्यूयोर्क फेसन वीकमा पुगेकी थिइन् । यस दौरान खिचिएका केही तस्वीरका आधारमा प्रियंका गर्भवती भएको खबर आएको थियो । पछि प्रियंकाकी आमा मधु चोपडाले भनेकी थिइन् कि, यो खबरमा केही सच्चाइ छैन ।

उनले क्यामेराको एङ्गललाई आरोप लगाएकी थिइन् ।

प्रियंका र निक जोनस बिहेपछि चर्चामा रहने जोडीमध्ये एक हुन् । यी दुईले डिसेम्बर २०१८ मा बिहे गरेका थिए । दुवैले हिन्दू र क्रिश्चियन रीतिरिवाज अनुसार बिहे गरेका थिए । केही समयअघि मात्र यी दुईको डिभोर्स हुन लागेको एक अमेरिकन म्यागजिनले लेखेको थियो । पछि यो समाचारलाई पनि हल्ला मात्रै भएको भनियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ५ : १६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको