के प्रियंकाले बच्चा जन्माउन लागेकी हुन् ? यसो भन्छन् निक « Khabarhub

के प्रियंकाले बच्चा जन्माउन लागेकी हुन् ? यसो भन्छन् निक


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाका गायक तथा कलाकार निक जोनस र उनकी पत्नी/अभिनेत्री प्रियंका चोपडाले यतिबेला आफ्नो वैवाहिक जीवनको मजा लिइरहेका छन् ।

केही समय अघि देखि प्रियंका गर्भवती भएको समाचारहरु सार्वजनिक भएका थिए भने उनका फ्यानहरुले समेत प्रियंका गर्भवती भएको विषयमा चर्चा गरिरहेका थिए । तर उनी भने तत्काल परिवारमा सदस्य बढाउने मुडमा छैनिन् ।

उनी बच्चा जन्माउन तयार नरहेको बारे पति निकले मुख खोलेका छन् ।

एक अन्तर्वार्तामा निक जोनसले बच्चाका बारेमा प्रश्न गर्दा उनले आफूहरुले यसका लागि समय लिइरहेको बताए । उनको उत्तरबाट नै स्पष्ट हुन्छ कि, अहिले निक–प्रियंका बच्चा जन्माउने योजनामा छैनन् ।

अभिनेत्री प्रिय‌का चोपडाले इन्टाग्राममा पोस्ट गरेको तस्वीर ।

पछिल्ला दिनमा प्रियंका चोपडा गर्भवती भएको हल्ला भाइरल भएको थियो । केही समय पहिले प्रियंका न्यूयोर्क फेसन वीकमा पुगेकी थिइन् । यस दौरान खिचिएका केही तस्वीरका आधारमा प्रियंका गर्भवती भएको खबर आएको थियो । पछि प्रियंकाकी आमा मधु चोपडाले भनेकी थिइन् कि, यो खबरमा केही सच्चाइ छैन ।

उनले क्यामेराको एङ्गललाई आरोप लगाएकी थिइन् ।

प्रियंका र निक जोनस बिहेपछि चर्चामा रहने जोडीमध्ये एक हुन् । यी दुईले डिसेम्बर २०१८ मा बिहे गरेका थिए । दुवैले हिन्दू र क्रिश्चियन रीतिरिवाज अनुसार बिहे गरेका थिए । केही समयअघि मात्र यी दुईको डिभोर्स हुन लागेको एक अमेरिकन म्यागजिनले लेखेको थियो । पछि यो समाचारलाई पनि हल्ला मात्रै भएको भनियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : १६ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना