शेयर बजार : दोहोरो अङ्कले बढ्यो « Khabarhub

शेयर बजार : दोहोरो अङ्कले बढ्यो


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  लगातार बढ्दै आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । कूल १५.२२ बिन्दुले बजार बढेर एक हजार २३२.२६ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९९ बिन्दुले बढेर २६५.५६ बिन्दुमा पुगेको छ । कूल १६५ कम्पनीको २४ लाख ६४ हजार १६५ कित्ता शेयर रु ७५ करोड १२ लाख हजार ७६४ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये चार उपसमूहको शेयर भने घटेको छ । यस्तै छ उपसमूहको शेयर भने बढेको छ । स्टकका अनुसार जलविद्युत् ६.१४, वित्त ३.९७, निर्जीवन बीमा १३.३२ र जीवन बीमा २५.०१ बिन्दुले घटेको छ । यस्तै बैंकिङ २५.३५, होटल १६.३६, विकास बैंक ०.७२, उत्पादन १०.५७, अन्य १.१९ र लघुवित्त १२ बिन्दुले बढेको छ । आज कुमारी बैंकको सबैभन्दा बढी कारोवार भएको छ ।

सो बैंकको रु आठ करोड ५८ लाख दुई हजार ५३०, प्रभु बैंकको रु चार करोड ४७ लाख सात हजार २३९, नेपाल बैंक लिमिटेड रु चार करोड २० लाख ६४ हजार ३१३, एनएमबी बैंकको रु तीन करोड ६१ लाख ३२ हजार १६७, छिमेक लघुवित्त विकास बैंक रु दुई करोड ९९ लाख २१ हजार ६४३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज नेपाल एसबी आई बैंकका शेयरधनीले ६.६५ प्रतिशतले कमाए ।

यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक ५.३०, लक्ष्मी बैंक ५.०५, नबिल बैंक ४.७९, ग्रन डेभलपमेन्ट बैंकका शेयरधनीले ४.७२ प्रतिशतले कमाए । त्यस्तै माउण्टेन हाइड्रोपारका शेयरधनीले ५.९४, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.८८, कालिका लघुवित्त वित्तीय संस्था ५.४७, तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ४.९५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : २० बजे

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज