यी प्रक्रिया पूरा गरेपछि पाइन्छ क्यानडाको भिसा | Khabarhub Khabarhub

यी प्रक्रिया पूरा गरेपछि पाइन्छ क्यानडाको भिसा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालीहरुका लागि क्यानडा पनि सपनाको संसार भन्दा कम्ता छैन । काम गर्न, पढ्न तथा घुम्नका लागि क्यानडामा वर्षेनी विश्वका लाखौं मानिस जान्छन् । तर नेपालीहरुका लागि क्यानडा जान त्यति सहज छैन । विभिन्न मापदण्ड तथा प्रक्रियाहरु पूरा गर्नै पर्छ । यस्ता प्रक्रिया पूरा गर्दा क्यानडाले सहजै रुपमा नेपालीहरुलाई भिसा दिने गरेको छ ।

क्यानाडामा घुम्नलायक त्यस्ता अनेक शहरहरु छन्, अनेक तालहरु छन्, स्कीका लागि स्की रिसोर्टहरु लगायत रमयीय प्रशस्त स्थानहरु छन् । त्यो भन्दा पनि महत्वपूर्ण नेपालीहरुको क्यानडाप्रतिको बढ्दो रुचिका कारण त्यहाँ जानका लागि चाहिने मापदण्ड र प्रक्रियाबारे यहाँ प्रस्तुत गरिएको छ ।

के कस्ता प्रक्रिया पूरा गरिसकेपछि क्यानाडा घुम्न सकिन्छ ? क्यानाडा घुम्न त जाने, तर कसरी ? धेरैलाई अन्योलता हुन्छ । क्यानाडा घुम्नका लागि क्यानाडाले पर्यटक भिसाको व्यवस्था गरेको छ । यसलाई क्यानाडामा टेम्प्रोरी रेजिडेन्ट भिसा (टीभीआर) भन्ने चलन छ । यो पनि दुई किसिमका छन् । सिङ्गल इन्ट्रि भिसा र मल्टिपल इन्ट्रि भिसा । सामान्यतः पर्यटक भिसा बढीमा ६ महिनाको रहने गर्छ ।

यसमा सिङ्गल इन्ट्रि भिसा लिएको मानिस एक पटक क्यानाडा प्रवेश गरी त्यहाँबाट बाहिरिएपछि पुनः उसले अर्कोपटक क्यानाडा प्रवेश गर्न फेरि आवेदन दिनुपर्ने हुन्छ । मल्टिपल इन्ट्रि भिसा लिएको मानिसले बढीमा ६ महिनासम्म क्यानाडामा बस्न सक्ने प्रावधान छ ।

एक पटकमा ६ महिना नाघिसकेर क्यानाडाबाट बाहिरिए पनि उसले अर्को पटक क्यानाडा प्रवेश गर्न दोहोर्‍याएर आवेदन भने दिनु पर्दैन । यो भिसाको म्याद भने बढीमा १० वर्ष वा आवेदकको राहदानीको म्याद सकिन १ महिना अघिसम्मको हुने गर्छ ।

पयर्टक भिसाका लागि आवेदकलाई के के आवश्यक पर्छ ?

– आवेदकसँग वैध राहदानी हुनु अनिवार्य छ
– आवेदकको स्वास्थ्य अवस्था राम्रो हुनुपर्छ
– आवेदकले क्यानाडामा रहँदा खर्च गर्ने सम्भावित रकमको श्रोत स्पष्ट हुनुपर्छ
– आवेदकले भिसाको म्याद सकिए पनि क्यानाडामै नबसी आफ्नै मुलुकमा फर्किने आधार प्रस्तुत गर्नुपर्छ
– आवेदकसँग कुनै आपराधिक रेकर्ड रहेको हुनुहुँदैन ।
– आवेदकले पर्यटक भिसामा क्यानाडा प्रवेश गरिसकेपछि कुनै रोजगारी वा व्यावसाय नगर्ने निश्चित गर्नुपर्छ
– आवेदक कति समयसम्म क्यानाडामै रहने हो भन्ने समय तोक्नुपर्छ
– आवेदक क्यानाडा प्रवेश गरिसकेपछि त्यहाँको नियम कानूनको अधिनमा रहन्छु भन्नेमा तयार रहनुपर्छ
– आवेदकले कुनै पनि सुरक्षा खतरा उत्पन्न गर्दैन भन्ने निश्चित हुनुपर्छ
– आवेदकको क्यानडामा मेडिकल जाँच हुनसक्छ, त्यसका लागि तयार रहनुपर्छ

त्यसबाहेक क्यानाडाको अध्यागमन तथा नागरिकता निकायको वेबसाइट भिसा प्रक्रियाबारे निश्चित गर्न पनि सकिन्छ ।

कसरी दिने भिसाको आवेदन ?

भिसाको आवेदन अनलाइनबाट वा भिसा दिने निकाय (सामान्यतः राजदूतावास) मा गई कागजी आवेदन फाराम भर्न सकिने प्राबधान छ । अनलाइन आवेदनका लागि आवेदकले अनलाइनबाटै डेबिट कार्डको प्रयोग गरी भिसा शुल्क बुझाउन तथा स्क्यानरको प्रयोग गरी आफ्ना सम्बन्धित दस्तावेज स्क्यान गरी अपलोड गर्न सक्छन् ।

कागजी आवेदन फाराम भर्दा बैंक भौचरमा भिसा शुल्क बुझाउन सकिन्छ भने फोटोकपी गरी आफ्नो सम्बन्धित दस्तावेज भिसाको आवेदन फारामसँगै बुझाउन सकिन्छ ।

भिसा फाराम भर्दा वैध राहदानी, फोटो, बैंक भौचरलगायतका दस्तावेज आवश्यक पर्छन् । भिसाको आवेदन फाराममा आवेदकले आफ्नो बायोमेट्रिक (औँठाको छाप) पनि उपलब्ध गराउनुपर्छ ।

भिसा शुल्क चाहीँ सिङ्गल वा मल्टिपल दुबै भिसाका लागि एक सय क्यानेडियन डलर तोकिएको छ । भिसाको आवेदन स्वीकृत भएपनि नभएपनि भिसा शुल्क भने फिर्ता पाइन्न ।

भिसाको आवेदन फाराममा कुनै अपूर्ण वा झूठो विवरण पेश गरेमा भिसा लाग्दैन । त्यसैले भिसा आवेदन फाराम भर्ने बेला निकै ध्यान पुर्‍याउनुपर्छ ।

भिसाको म्याद बढाउन पनि सकिन्छ । यसका लागि आफ्नो भिसाको म्याद सकिन १ महिना अगावै म्याद बढाउनका लागि आवेदन दिनुपर्ने प्राबधान छ । भिसाको म्याद बढाउनका लागि पनि १ सय क्यानेडियन डलर तिर्नुपर्ने हुन्छ ।

भिसाको आवेदन अस्वीकृत भएको खण्डमा त्यसविरुद्ध कतै कुनै पनि निकायमा प्रश्न उठाउन पाइँदैन । किनकी त्यसका लागि तपाई आफै नै जिम्मेवार हुनुपर्छ । तपाइले बुझाएका दस्तावेजकै आधारमा भिसा लाग्ने/नलाग्ने दूतावासले निर्णय लिएको हुन्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : २३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय