त्रिपोलीमा ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो | Khabarhub Khabarhub

त्रिपोलीमा ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिबिया– लिबियाको राजधानी त्रिपोलीमा पछिल्ला केही दिनयता जारी हिंसाका क्रममा २ सय कटेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएअनुसार त्रिपोलीमा जारी भीडन्तमा ज्यान गुमाउनेको सङ्ख्या २ सय ५ पुगेको हो । भीडन्तमा मारिनेमा १८ सर्वसाधारण रहेको डब्लूएचओले जनाएको छ । पछिल्ला दुई साता यता जारी भीडन्तमा अरु ९ सय १३ जान घाइते भएको डब्लूएचओले जनाएको छ ।

पछिल्ला केही सातायता खलिफा हफ्तारको नेतृत्वमा रहेको लिबियाको सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोली कब्जामा लिने प्रयत्नस्वरुप सैनिक कारवाही गरिरहेको छ ।

कारवाहीका क्रममा त्रिपोली नजिकका केही क्षेत्रहरुमा लिबियाली सेनाले कब्जा जमाउन सफल भएपनि त्रिपोलीका अधिकांश क्षेत्रमा भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको नियन्त्रण रहेको बताइएको छ ।

पछिल्ला केही सातायता त्रिपोली आसपास अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेना तथा लडाकु जत्था र लिबियाली सेनाबीच भीषण भीडन्तका समाचार सार्वजनिक भइरहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : २२ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने