आठौं राष्ट्रिय खेलकुद : उद्घाटन भव्य, व्यवस्थापन फितलो | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुद : उद्घाटन भव्य, व्यवस्थापन फितलो



बाँके– पटक-पटक सर्दै आएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहिबार नेपालगञ्ज रंगशालामा भव्य कार्यक्रमकाबीच औपचारीक उद्घाटन गरिएको छ । हजारौं खेलकुद प्रेमीको साथ पाएको नेपालगञ्ज रंगशाला कतिपयको सोचाइभन्दा धेरै स्थानीयको साथ पाउँदा आयोजक राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु सम्म थिए ।

नयाँ बनाइएको भिआईपी प्यारापिट कार्यक्रम शुरु हुनु अघि नै खचाखच भइ सकेको थियो । ११ हजार दर्शक क्षमताको रंगशालामा अधिकाशं स्थान खेलाडीले ओगटेपनि आधा जति संख्यामा खेलकुद प्रेमीले ओगटेका थिए ।

उद्घाटन कार्यक्रमका लागि प्रमुख अथितिमा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेल सहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारिहरुको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा स्थानीय तहदेखि संघिय संसदसम्मका राजनीतिक व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो । स्थानीय राजनीतिक दलका नेतादेखि प्रदेश साम्सद र संघिय साम्सदहरुको पनि बाक्लो उपस्थिति पनि बाक्लो थियो ।

नेपालको रोग नै बनेको प्रमुख अथितिको आगमनले आठौं राष्ट्रिय खेलकुदको उद्घाटनमा पनि केही ढिलो शुरु भएको थियो । खेलकुदमा एक चलेकै उखान छ,‘वान मिस गेम फिनिस’, यो उखान जस्ताको त्यस्तै त प्रमुख अथिति आउँदा भएको डिलाइले नगला तर, पनि समयमा हुनु पर्ने कामहरु समयमा नहुँदा पक्कैपनि अर्का तिर क्षति हुन्छ ।

६ बजे औपचारीक उद्घाटन हुने भनिएपनि प्रमुख अथिति राष्ट्रिपति विद्यादेवी भण्डारी कार्यक्रम स्थल आइपुग्दा ६ बजेर ३० मिनेट कटिसकेको थियो । यस्ता डिजाइनसँगै प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले ने्पालगञ्ज रंगशालामा पनि सरकारी ढर्राको काम देखाइ छाड्यो ।

रंगशालामा उद्घाटन कार्यक्रम भइरहँदा चौतर्फी सुरक्षाकर्मी खटाइएपनि भिआईपी प्यारापिटमा कसले कहाँ बस्ने भन्ने विषयले पनि केही समय रंगशालाको माहौल ततायो ।

उद्घाटन भव्य

प्रमुख अथिति राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनसँगै प्रतियोगिताको मुख्य आकर्षण ‘उद्घाटन’ कार्यक्रम अगाडि बढेको थियो । आयोजकले राष्ट्रपति भण्डारीलाई पुष्पगुच्छा दिँदै अगाडि बढेको कार्यक्रमसँगै खेलाडीहरुबाट मार्च पास शुरु भएको थियो ।

मार्चपासमा १सय२८ जना खेलाडी अगाडि आएका थिए भने त्यति नै खेलाडी अन्त्यमा आएका थिए । मार्चपासमा खेलाडीसँगै प्रदेश नम्बर ५ लाई झल्काउने विभिन्न जात, जाति, भाष धर्मका समुदायहरुले आ-आफ्नो झार्की प्रस्तुत गरेका थिए ।

मार्चपास भइरहँदा विभिन्न जिल्लाबाट प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको आँखामा आफ्नो खेलप्रतिको सम्मान बढेको अनुभुती हुन्थ्यो भने कतिले आफ्नो लक्ष्य सहि रहेको पनि दर्शाइ रहेका थिए । खेलाडीहरुलाई साथ दिएको दर्शकदीर्घाले उनीहरुको सम्मानमा ताली बजाउँथे भने कतिले आवाज निकालर उत्साह थपिरहेका थिए ।

यस्तै, कार्यक्रमको प्रमुख अथिति राष्ट्रपति भण्डारीले देशको खेलकुद विकासका लागि सरकार सकारात्मक रहेको बताउँदै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न शुभकामना दिएकी थिइन् ।

त्यस्तै, राखेपका सदस्य सचिब तथा प्रतियोगिताको कार्यकारी समितिका अध्यक्ष केशब कुमार विष्टले प्रतियोगिता उद्घाटन भएसँगै आफ्नो कार्यकाल सफल भएको बताएका छन् । ‘ ३३ वर्षे नेपाली खेलकुद इतिहासमा पहिलो पटक हामी राष्ट्रिय खेलकुद प्रतियोगितालाई तालिका अनुसार सञ्चालन गर्न सफल भएका छौं । यो क्षण हाम्रा लागि गौरभान्वीत क्षण हो,’ विष्टले भने ।

व्यवस्थापन फितलो

जति भव्य रुपमा कार्यक्रम आयोजना गरिएको थियो । त्यतिकै समस्या देखिए । त्यसो त, सरकारी निकायले गरेका कामलाई ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखान दिइएकाृे छ । यो उखान कहिन कहि गएर नेपालगञ्जमा भएको उद्घाटन कार्यक्रमसँग पनि मिल्न गएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले पटक-पटक मिति सार्दै आएर अन्तिममा चैत्र २७ देखि खेल खेलाएर बैशाख ५ गते उद्घाटन गरिरहँदा नयाँ बनाइएको प्यारापिट पनि पूर्णरुपमा तयार नभएको अनुभुति भइरकेको थियो ।

आयोजकलले पटक-पटक कार्यक्रम सञ्चालक मार्फत् सीमित क्षेत्रभन्दा माथि नबस्न आग्रह गरिरहेका थिए । प्यारापिटको १५ प्रतिशत भागको मध्यबाट रातो रेवन माधिएको थियो । उक्त रेवन भन्दा माथि नबस्ने आयोजकलले गरेको आग्रह नमानेपछि आयोजकलले प्रहरी परिचालन गरी त्यो क्षेत्रमा बसेका दर्शकलाई अन्तै पठाएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ८ : ३३ बजे

परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन

राजाजी डाँडाबाट सलहेस सर्किट : लहानको नयाँ पर्यटकीय सपना

सिरहा– लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल

मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश

बाराबाट राजश्व छलीको ४३ लाखको सामानसहित ट्रक नियन्त्रण

बारा– जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा