जनताको जलविद्युतमा जोडिए सभामुख महरा « Khabarhub

जनताको जलविद्युतमा जोडिए सभामुख महरा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘जनताको जलविद्युत्’ कार्यक्रममा सभामुख कृष्णबहादुर महरा जोडिएका छन् ।  शुक्रबारदेखि बिक्री गर्न लागिएको रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर खरीदका लागि सभामुख महराले विहीबार हितग्राही खाता खोलेका हुन् ।

जनताको जलविद्युत् कार्यक्रम समन्वय समितिका सदस्य सचिव एवम् हाइड्रो इलेक्टक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार सभामुख महराले विहीबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा हितग्राही खाता खोल‍ेका हुन् ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गतको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बीको बिक्री गरिएको थियो । सोही क्रममा शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गरिने भएको छ ।
ती दुई आयोजनाको कूल रु एक अर्ब ५४ करोड बराबरको शेयर बिक्री गरिनेछ ।

ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरेका हुन् । ती दुवै आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा सञ्चय कोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेका छन् ।

कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र माथिल्लो साञ्जेनको ७७ प्रतिशत र साञ्जेनको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सरकारले ती दुवै आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ८ : ५० बजे

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही

उस्मान तारिकको उत्कृष्ट बलिङमा नामीबियाविरुद्ध पाकिस्तानको फराकिलो जित

कोलम्बो – आइसीसी टी–२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई