जनताको जलविद्युतमा जोडिए सभामुख महरा « Khabarhub

जनताको जलविद्युतमा जोडिए सभामुख महरा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘जनताको जलविद्युत्’ कार्यक्रममा सभामुख कृष्णबहादुर महरा जोडिएका छन् ।  शुक्रबारदेखि बिक्री गर्न लागिएको रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर खरीदका लागि सभामुख महराले विहीबार हितग्राही खाता खोलेका हुन् ।

जनताको जलविद्युत् कार्यक्रम समन्वय समितिका सदस्य सचिव एवम् हाइड्रो इलेक्टक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार सभामुख महराले विहीबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा हितग्राही खाता खोल‍ेका हुन् ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गतको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बीको बिक्री गरिएको थियो । सोही क्रममा शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गरिने भएको छ ।
ती दुई आयोजनाको कूल रु एक अर्ब ५४ करोड बराबरको शेयर बिक्री गरिनेछ ।

ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरेका हुन् । ती दुवै आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा सञ्चय कोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेका छन् ।

कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र माथिल्लो साञ्जेनको ७७ प्रतिशत र साञ्जेनको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सरकारले ती दुवै आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ८ : ५० बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने