विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्छः मुख्यमन्त्री पौडेल « Khabarhub

विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्छः मुख्यमन्त्री पौडेल


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘विपद् बाजा बजाएर आउँदैन’ भन्ने बुढापाकाको उखान आत्मसात् गर्दै विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्ने बताएका छन् ।

गृह मन्त्रालयको आयोजना तथा प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेश ३ स्तरीय अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले मुलुकका तीनवटै तहका सरकारले विपद्को समयमा राहत र सहयोगको काम गर्नुपर्ने बताए ।

विपत्तिमा तमासे बन्ने धेरै हुने बताउँदै उनले अब सबै निकाय एकैपटक उद्धार र राहतमा निस्कने गरी योजना तयार पार्नुपर्ने धारणा राखे । मुख्यमन्त्री पौडेलले विपद् जोखिम न्यूनीकरणमा सरकार लागिपरेको र जस्तोसुकै विपद् आउँदा पूर्वतयारीको उद्देश्यले प्रदेश सरकारले अग्रीम तयारी गर्ने उल्लेख गरे ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मट्टेलले विपद् जुनसुकै समयमा आउन सक्ने हुनाले यसको पूर्वतयारीमा रहन सुरक्षा निकायलाई निर्देशन दिए । विपद् व्यवस्थापनका लागि आवश्यकपर्ने उद्धार तथा राहत सामग्री पहिले नै तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : ३० बजे

चैत महिनाका लागि घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर यही

प्रधानमन्त्रीको सन्देश : पुराना दलले आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन

काठमाडौं– मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ