ट्रम्पविरुद्धको अनुसन्धान प्रतिवेदन सार्वजनिक « Khabarhub

ट्रम्पविरुद्धको अनुसन्धान प्रतिवेदन सार्वजनिक


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसबीच साँठगाँठ रहेको तथा राष्ट्रपतीय चुनावमा रुसले प्रत्यक्ष हस्तक्षेप गरेको लगायतका विषयमा अनुसन्धान गरेका अमेरिकी न्याय विभागका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरको बहुप्रतिक्षित अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले मुल्लरको अनुसन्धान प्रतिवेदनको करिब ४ सय पृष्ठ लामो संशोधित प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्नुअघि पत्रकार सम्मेलनमा बोल्दै महान्यायाधिवक्ता बारले मुल्लरको अनुसन्धान प्रतिवेदनमा रुससँग साँठगाँठ गरेको विषयमा ट्रम्प वा उनको चुनावी अभियानका सदस्यले कुनै गलत काम गरेको भन्ने प्रमाण नभएको उल्लेख छ ।

मुल्लरले सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई जिताउन रुसले हस्तक्षेप गरेको, रुसी एजेण्ट र ट्रम्पको चुनावी अभियानका सदस्यहरुबीच साँठगाँठ रहेको तथा यस विषयमा अनुसन्धान गरिरहेका अमेरिकाको संघीय अनुसन्धान व्यूरो एफबीआईका तत्कालीन निर्देशक जेम्स कोमीलाई ट्रम्पले बर्खास्त गर्दा अमेरिकी न्याय प्रक्रियामा बाधा पु¥याएको लगायतका विषयमा करिब २ वर्षसम्म अनुसन्धान गरेका थिए ।

मुल्लरले यस अनुसन्धानको अन्तिम प्रतिवेदन गत मार्च २२ मा अमेरिकी महान्यायाधिवक्ता विलियमबार समक्ष बुझाएका थिए । अभियोजनकर्ताले महान्यायाधिवक्तालाई अनुसन्धान प्रतिवेदन बुझाएपछि महान्यायाधिवक्ताले प्रतिवेदन सार्वजनिक गरी कंग्रेसलाई बुझाउनुपर्ने प्रावधान अनुसार बारले प्रतिवेदन कंग्रेससमक्ष समेत बुझाएका छन् ।

यद्यपि प्रतिवेदन सार्वजनिक गर्नुअघि राष्ट्रपति ट्रम्पका अधिवक्तालाई हेर्न दिइएको समेत बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने यसबारे टिप्पणी गर्दै ‘विच हण्ट’ को ‘खेल खत्तम’ भएको जनाएका छन् ।

के छ प्रतिवेदनमा ?

 

 

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : ४३ बजे

चैत महिनाका लागि घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर यही

प्रधानमन्त्रीको सन्देश : पुराना दलले आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन

काठमाडौं– मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ