अनशनरत डा. केसीलाई रातारात काठमाडौं ल्याइयो | Khabarhub Khabarhub

अनशनरत डा. केसीलाई रातारात काठमाडौं ल्याइयो


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आज विहान काठमाडौं ल्याइएको छ।

डा. केसीको मुटुमा समस्या देखिएर स्वास्थ्य अवस्था बिग्रिएपछि आज बिहान ३ बजे हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । इलाममा हेलिकोप्टर ल्यान्ड गर्न नसक्ने भएपछि केसीलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो ।

इलाम अस्पतालबाट उनलाई बिहिबार बेलुका १० बजेर ३ मिनेटमा निकालिएको थियो । राति भद्रपुर पुगेको हेलिकोप्टर केसीलाई लिएर शुक्रबार बिहानीपख काठमाडौँ आइपुगेको थियो ।

उनलाई काठमाडौं ल्याउने पहल गर्न बिहीबार साँझ पूर्वसभामुख दमननाथ ढुंगाना, माथेमा आयोगका संयोजक केदारभक्त माथेमा र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि इलाम अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ७ : ०३ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका