अनशनरत डा. केसीलाई रातारात काठमाडौं ल्याइयो « Khabarhub

अनशनरत डा. केसीलाई रातारात काठमाडौं ल्याइयो


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आज विहान काठमाडौं ल्याइएको छ।

डा. केसीको मुटुमा समस्या देखिएर स्वास्थ्य अवस्था बिग्रिएपछि आज बिहान ३ बजे हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । इलाममा हेलिकोप्टर ल्यान्ड गर्न नसक्ने भएपछि केसीलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो ।

इलाम अस्पतालबाट उनलाई बिहिबार बेलुका १० बजेर ३ मिनेटमा निकालिएको थियो । राति भद्रपुर पुगेको हेलिकोप्टर केसीलाई लिएर शुक्रबार बिहानीपख काठमाडौँ आइपुगेको थियो ।

उनलाई काठमाडौं ल्याउने पहल गर्न बिहीबार साँझ पूर्वसभामुख दमननाथ ढुंगाना, माथेमा आयोगका संयोजक केदारभक्त माथेमा र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि इलाम अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ७ : ०३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल