उच्च रक्तचापले मुटु र मिर्गौलालाई खतरा « Khabarhub

उच्च रक्तचापले मुटु र मिर्गौलालाई खतरा


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रगत प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुनु नै उच्च रक्तचाप  हो । उच्च रक्तचाप हुँदा रक्तनलीहरुमा क्षति पुग्छ र रक्तनलीहरु नै बन्द हुने सम्भावना हुन्छ । उमेर बढ्दै जाँदा मानिसहरुमा उच्च रक्तचापको समस्या देखिन थाल्छ । कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार्न सकिन्छ ।

उच्च रक्तचापको लक्षण
–अधिकांश उच्च रक्तचापको बिरामीलाई लक्षण नदेखिने पनि हुनसक्छ,

–उच्च रक्तचाप बढ्दै गएमा टाउको दुख्छ,

–नाकबाट रगत बग्ने,

– रिगाँटा लाग्ने ।

उच्च रक्तचापले यस्तो रोगको जोखिम

उच्च रक्तचापलाई समयमै नियन्त्रण नगर्दा उच्च रक्तचापका बिरामीलाई मुटुरोग, मिर्गौला सम्बन्धी रोग र पक्षघात हुने सम्भावना उच्च रहन्छ ।

रक्तचाप नियन्त्रण कसरी गर्ने ?

–सन्तुलित आहारमा बढी जोड दिने,

– आफ्नो स्वस्थ तौललाई कायम राख्ने,

–खानामा नुनको प्रयोग कम गर्ने,

–फलफूल, सागसब्जी र दूधबाट उत्पादिन चिल्लो कम भएका खाद्यन्न प्रयोग गर्ने,

–नियमित शारीरिक व्यायाम गर्ने,

–धुम्रपान नगर्ने,

– सम्भव भएसम्म सातामा एकदिन पौडी खेल्ने ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ९ : ५२ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने