आज बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक | Khabarhub Khabarhub

आज बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज वैशाख शुक्ल पूर्णिमा । महामानव गौतम बुद्धको बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन । सोही सम्झनामा आजको दिनलाई बौद्धधर्माबलम्बीहरुले विशेष दिनका रुपमा मनाउने गरेका छन् । भगवान गौतम बुद्धमा मुख्य तीन संयोग आजकै दिन परेकाले बौद्धधर्माबलम्बी ले यसलाई त्रिसंयोग दिवसका रुपमा मनाउने गरेका छन् ।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना भएको भने देशभरका बौद्ध गुम्बाहरुमा पनि बिहानैबाट बौद्धधर्माबलम्बी पुगेका छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म आजकै दिन अर्थात वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।
घर छाडेर तपस्यामा गरेका उनले ६ वर्षको ३५ वर्षको उमेरमा आजै दिन इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा विश्वमा परिचित बने । उनले शुरुमा आफूले प्राप्त गरेको ज्ञान पाँच जना शिष्यलाई प्रदान गरेका थिए ।

बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्दा चार सत्यको व्याख्या गरेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् । यिनै चार सत्यलाई बुद्धको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ०७ बजे

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका