सामाजिक संस्था पनि अतिक्रमित जग्गामा! « Khabarhub

सामाजिक संस्था पनि अतिक्रमित जग्गामा!


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक संस्थाको नामबाट बानेश्वरको ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । बानेश्वरस्थित भद्राकुमारी घले सेवा सदनको नामबाट झन्डै ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत फाइदाका लागि उपयोग गरेको पाइएको हो । सो संस्थाको भवन संस्थाको नाममा रहेको जग्गामा नभई खोलाको बगरमा बनाइएको राजधानी दैनिकमा खबर छ ।

काठमाडौं महानगरपालिका–१० स्थित देवीनगरमा रहेको बानेश्वरको सिट नम्बर ११४६–०२ को कित्ता नम्बर १२, २२३, २२६, १३ र २२५ अन्तर्गतका करिब ११ रोपनी सार्वजनिक जग्गामा भद्रा घले सेवा सदनको नाममा जग्गा लिइएको स्थानमा विभिन्न टहरा, स्कुल सहकारी संस्था, पसल सञ्चालन भएकाले सो कार्य गैरकानुनी भएको पाइएको हो ।

सेवा सदनको नाममा बोर्ड राखी सो जग्गामा व्यक्तिगत बोर्डिङ र त्रिपक्षीय सहकारी संस्था, व्यक्तिगत गेस्ट हाउस तथा सटर पसल निर्माण गरी भाडामा लगाइएको पाइएकाले तत्काल हटाउन राष्ट्रिय सर्तकता केन्द्रको अध्ययन प्रतिवेदनले सरकारसमक्ष सिफारिस गरेको हो ।

सर्तकता केन्द्रले नापी अधिकृत गोविन्दप्रसाद कुइँकेल र शाखा अधिकृत कविता पन्थी रहेको दुई सदस्यीय छानबिन समिति गठन गरेर सो जग्गा अतिक्रमणबारे छानबिन गराएको थियो ।

प्रदूषणरहित सहर संघीय राजधानी शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । संघीय राजधानी उपत्यकालाई प्रदूषणरहित सहरका रूपमा विकास गर्न सरकारले विशेष कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको योजनालाई मूर्त रूप दिन सरोकारवाला निकायले विशेष अभियान सञ्चालन गरेका छन् । काठमाडौंलाई कस्तो बनाउने भनेर लामो समयदेखि विभिन्न तहमा बहस हुँदै आइरहेको छ ।

‘फुटपाथका र पोके व्यापारीलाई मुख्य सडकपेटी र आकाशेपुलबाट तत्काल हटाउनुपर्छ,’ सांसद गगन थापाले भने, ‘अहिले भएको के छ भने सडक किनार, पुल–पुलेसा, मन्दिर, पेटी, गुम्बा, मैदान जहाँ पायो, त्यहीँ एउटा च्यादर ओछ्यायो, पसल थाप्यो ।’ काठमाडौं सहरलाई कुरूप बनाउन यस्तै गतिविधि हुने गरेको उनको निष्कर्ष छ । सभ्य र विकसित देशमा यस्तो अनुशासनहीन काम कसैले गरिरहेका हुँदैनन् । यिनै कारण पनि विदेशीको अगाडि हामी लज्जित हुनुपरेको सांसदहरूको बुझाइ छ । आकाशे पुल पैदलयात्रीका लागि बनाइएको हो कि व्यापारीलाई पसल फिँजाउनका लागि बनाइएको हो ? उनले पश्न गरे ।

त्यस्तै पत्रिकाले नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय उत्सुक शीर्षकमा समाचार छापेको छ । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ सालमा गएको भूकम्पपछिको बाँकी पुननिर्माणको काममा अन्तर्राष्ट्रिय समुदाय लगानी गर्न उत्सुक देखिएका छन् । भूकम्पपछिको पुननिर्माणको बाँकी काम सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायले थप लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय समुदायसँगको छलफलमा उनीहरूले थप लगानी गर्न प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंकका कार्यकारी निर्देशक, संयुक्त राष्ट्र संघअन्तर्गतको यूनडीपीका विपद् विभाग निर्देशकलगायतसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : १८ बजे

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका