कपिलवस्तुमा बस दुर्घटना : चालकसहित २२ घाइते « Khabarhub

कपिलवस्तुमा बस दुर्घटना : चालकसहित २२ घाइते


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको शिवपुरी लक्जरी कोच प्रालिको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडकमै पल्टिएको हो । दुर्घटनामा बस चालक कैलाली, धनगढीका ४२ वर्षीय हरिसिंह महरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला र चितवनका गरी २२ जना यात्रु घाइते भएका छन् ।

घाइतेको टाउको, हात, खुट्टा, छाती र कम्मरमा चोट लागेको छ । उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

चालकसहित ४६ जना सवार रहेको उक्त बस दुर्घटनामा परेपछि बाँकी २४ जना यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले हटाएर अवरुद्ध सडक दुवैतर्फ सुचारु गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : १७ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा