कपिलवस्तुमा बस दुर्घटना : चालकसहित २२ घाइते « Khabarhub

कपिलवस्तुमा बस दुर्घटना : चालकसहित २२ घाइते


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको शिवपुरी लक्जरी कोच प्रालिको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडकमै पल्टिएको हो । दुर्घटनामा बस चालक कैलाली, धनगढीका ४२ वर्षीय हरिसिंह महरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला र चितवनका गरी २२ जना यात्रु घाइते भएका छन् ।

घाइतेको टाउको, हात, खुट्टा, छाती र कम्मरमा चोट लागेको छ । उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

चालकसहित ४६ जना सवार रहेको उक्त बस दुर्घटनामा परेपछि बाँकी २४ जना यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले हटाएर अवरुद्ध सडक दुवैतर्फ सुचारु गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : १७ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि