उर्भर उपत्यकाका जमिनदार आनाका चिरामा सीमित « Khabarhub

उर्भर उपत्यकाका जमिनदार आनाका चिरामा सीमित


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं भन्ने वित्तिकै धेरैको मानसपटलमा घरैघरको सहरको चित्र आउँछ । खाली जमिन देख्न नपाइने । साँगुरा गल्ली । सवारी र मानिसको अत्यधिक चाप । तर पुराना बासिन्दालाई भने यहाँको खेतीयोग्य जमिनको याद आउँदो रहेछ । उर्भर उपत्यकाका जमिनदार आनाका चिरामा सीतित भएका छन् । हरियाली फाँट अव्यवस्थित कंक्रिटको जंगलमा फेरिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।

सालिकसँग सेल्फी शीर्षकमा पत्रिकाले समाचार छापेको छ । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित जिप दुर्घटनामा परेको स्थल दासढुंगा। नारायणगढ–मुग्लिङ सडक खण्डको त्रिशूलीको किनारको यो ठाउँमा दुई नेताको पूर्ण कदको सालिक छ। दैनिक हजारौं सवारीसाधन गुड्ने दासढुंगामा ३६४ दिन सालिक एक्लोजस्तै देखिन्छ। जेठ ३ गते भने यहाँ निकै चहलपहल हुन्छ, प्रिय नेताप्रति श्रद्धासुमन व्यक्त गर्नेहरूको।

सालिकमा माल्यार्पण गर्ने, श्रद्धाञ्जलि व्यक्त गर्ने, अभिवादन गर्ने चलन त पुरानै हो। अचेल भने सालिकसँग सेल्फी खिच्नेको भीड लाग्छ यहाँ। शुक्रबार नेकपाका कार्यकर्ता सालिकलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गर्न व्यस्त थिए। एक कार्यकर्ताले भने, ‘जीवित छँदा भेट्न पाएनौं। सालिकसँग सेल्फी लिएर नेताहरूप्रति सम्मान गर्नै परो नि !’

कार्यक्रम स्थलमा पुग्ने जोकोहीले सालिकअगाडि पुगेर सेल्फी खिचे। कार्यकर्ताले सेल्फी खिच्दा नेताहरू मुसुक्क हाँसेर पोज दिन्थे। कोही झन्डा बोक्थे भने कोही मुड्की पारेर लालसलाम गर्थे। सालिकसँग सेल्फी लिने क्रम दिनभर चलिरह्यो।

कोष छ, काम छैन शीर्षकमा गोविन्द लुइटेलको विचार पत्रिकाले छापेको छ । ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिला, विपन्न, अशक्त, रोगीहरुका नाममा खडा गरिएका कल्याणकारी कोषहरु पार्टी कार्यकर्ता पाल्ने अखडामा परिणत भएका छन्।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ३६ बजे

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र