समुदाय मिलेर बन्यो प्रहरी भवन « Khabarhub

समुदाय मिलेर बन्यो प्रहरी भवन


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- समुदाय र प्रहरी मिलेर सप्तरीको सप्तकोशी नगरपालिकामा नयाँ प्रहरी चौकी निर्माण गरिएको छ । प्राप्त नगद तथा स्थानीय समुदायको श्रमदान गरी ३८ लाख ६० हजार ३२४ को लागतमा सो चौकी निर्माण गरिएको हो ।

प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित सुविधासहितको नवनिर्मित सो चौकी उद्घाटन गरे ।

आफ्नो भवन नहुँदा अति पुरानो भवनमा बसेर काम गर्नुपर्दा प्रहरी नै असुरक्षित भएपछि २०७० सालदेखि स्थानीयवासी र प्रहरी मिलेर भवन निर्माण गर्न थालेका थिए ।नयाँ भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रु १३ लाख ४४ हजार उपलब्ध गराएको भवन निर्माण समितिका संयोजक अशोककुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार भवन निर्माणका लागि सप्तकोशी नगरपालिकाले १३ लाख सहयोग गरेको र स्थानीयवासीले पाँच लाख ६० हजार ४६५ चन्दा सङ्कलन गरेका थिए ।

दुई कट्ठा १६ धुरमा फैलिएको दुईतल्ले भवनमा कार्यालयका प्रमुख कक्ष, प्रशासनिक कक्ष, महिला तथा पुरुषका छुट्टाछुट्टै हिरासत कक्ष, प्रहरी कर्मचारीको ब्यारेक र भान्छा घरसहित १० वटा कोठा छन् ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ८ : ३१ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री