भारतीय तस्करले आक्रमण गरेपछि प्रहरीले चलायो ६६ राउन्ड गोली « Khabarhub

भारतीय तस्करले आक्रमण गरेपछि प्रहरीले चलायो ६६ राउन्ड गोली


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भारतीय तस्करले आक्रमण गरेपछि बाँके प्रहरीले गोली चलाएको छ । सीमा नाका चेकजाँचका क्रममा रहेको प्रहरी टोलीलाई भारतीय तस्करले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

सीमा क्षेत्रमा चरेस तस्करी हुने सूचना पाएको प्रहरी गस्तीमा निस्कँदा तस्करले प्रहरीलाई नै लक्षित गरी ढुंगामुढा प्रहार गरेका थिए ।

नेपालगञ्ज इलाका प्रहरी कार्यालय नरैनापुरबाट खटिएको टोलीले सो क्षेत्रबाट पाँच किलो चरेससहित एक भारतीयलाई पक्राए गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक देविदिन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट नरैनापुर पुगेर लागुऔषधविरुद्ध परिचालित प्रहरीको विशेष टोलीले भारतीय नागरिक देवीविन विश्वकर्मालाई पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । पक्राउपछि भारतीय नागरिकलाई प्रहरी चौकीमा राखेका मुचुल्काका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढा गरी तनाव प्रयास भएको थियो ।

प्रहरी चौकी घेराउसँगै तोडफोड र ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६६ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

चरेशसहित पक्राउ परेका भारतीय नागरिक देवीविनलाई अबेर राति नै नेपालगञ्ज ल्याइसकिएको छ । देवीदिन पक्राउ परेपछि सीमापारिबाट आएका भारतीय युवाले उनलाई नछोडेसम्म प्रहरीलाई जान नदिने भन्दै घेरा हालेका थिए । सो क्रममा इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड भएको छ ।

देवीविनलाई पक्राउ गरेपछि सीमा क्षेत्रबाट आएका भारतीय नागरिक आक्रमक भएर प्रहरीमाथि जाइलागेका थिए । उनीहरुलाई स्थानीय गाउँलेले साथ दिएपछि मुठभेडको अवस्था सिर्जना भएको थियो । जिल्लाबाट बन्दोबस्तीसहित पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति १२ बजेतिर घटनास्थललाई पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  १२ : ०२ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र