भारतमा बस दुर्घटनामा ५ जनाको मृत्यु « Khabarhub

भारतमा बस दुर्घटनामा ५ जनाको मृत्यु


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत-भारतको उत्तरप्रदेश राज्यस्थित आगरा राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

शनिबार तीब्र गतिमा गइरहेको एक बस दुर्घटनामा पर्दा अन्य ३० जना घाइते भएका छन् ।

राजधानी दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेको बस देवखरी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

तीब्र गतिको बस ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटनामा परेको बताइएको छ ।

घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको छ ।

घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  १ : २५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,