सार्वजनिक खरिद ऐनमा संशोधन गर्न सरकारलाई संसदीय समितिको सुझाव « Khabarhub

सार्वजनिक खरिद ऐनमा संशोधन गर्न सरकारलाई संसदीय समितिको सुझाव


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले बजेट निर्माण गर्दा सार्वजनिक खरिद ऐनको संशोधन, बजेट तथा आयोजना व्यवस्थापमा सरकारलाई २२ बुँदे सुझाव दिएको छ ।

संघीय संसद, प्रतिनिधिसभाको अर्थ समितिको शनिबार सिंहदरबारमा बसेको बैठकले बजेट निर्माणमा प्राथमिकता दिनुपर्ने २२ बुँदे सुझाव दिएको हो ।

समितिले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रियस्तरमा महत्व राख्ने साथै प्रदेशहरुलाई जोड्ने आयोजना, आत्मनिर्भर हुने क्षेत्रको पहिचान र प्रवर्धन तथा संरक्षण तथा औद्योगिकरणको लागि आवश्यक व्यवस्थापन गर्न सुझाव दिएको छ ।

त्यसैगरी समितिले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्ने विषय, बजेट र आयोजना व्यवस्थापनका सम्बन्धमा गर्नुपर्ने कामहरु, कृषिको रुपान्तरण, उद्योग प्रवद्र्धन, पुर्वाधार विकास, राजश्व व्यवस्थापन,अनुदान र राजश्व वाँडफाँड लगायतमा बस्तुगत ढंगले विश्लेषण गरि अबलम्बन गर्नुपर्ने विषयलाई बुँदागत रुपमा सुझाव दिएको छ ।

भ्रष्टाचार नियन्त्रण र वित्तीय सुसासन प्रवद्र्धन, सेवा प्रवाह, रोजगारी सिर्जना र श्रम व्यवस्थापन, स्थानीय तथा प्रदेश सरकारको क्षमता विकास, अन्तर सरकार समन्वय र साझेदारी , सहकारी क्षेत्र व्यवस्थापन, शिक्षा, स्वास्थ्य सेवा र औषधी वितरण लगायत विषयमा योजनावद्ध ढंगले बजेट व्यवस्थापन गर्न समितिले सुझाव दिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ९ : ०३ बजे

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

कलाकारको बुझाइ : राज्यले गणेशको हत्या गर्‍यो, सरकारको विकेट झर्‍यो

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू बालेन्द्र शाह

गणेश नेपालीको आत्मदाह राष्ट्रिय लज्जा : कुलमान घिसिङ

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राहदानी विभाग अगाडि

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका