विवाहपछि युवतीमा आउँछ यस्तो परिवर्तन, तपाईंले याद गर्नु भएको छ ? | Khabarhub Khabarhub

विवाहपछि युवतीमा आउँछ यस्तो परिवर्तन, तपाईंले याद गर्नु भएको छ ?


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

विवाह यस्तो बन्धन हो जसमा युवतीले आफ्नो घर छोडेर नयाँ घरमा बस्नु पर्ने हुन्छ । नयाँ घरको चाल चलन सबैलाई अपनाउनु पर्ने हुन्छ ।

महिलाले विवाहसँग घर मात्रै परिवर्तन गरेका हुँदैनन् सम्बन्ध पनि परिवर्तन भएका हुन्छन् । छोरीबाट बुहारी बनेका हुन्छन् । नयाँ परिवेशमा नयाँ चुनौतीको सामना गर्न परिरहेको हुन्छ । तर तपाईलाई थाहा छ छोरी या युवतीबाट बुहारी बनेपछि महिलामा के परिवर्तन आउँछ । जे सुकै परिवर्तन आएपनि त्यसको सकारात्मक वा नकारात्मक प्रभाव पतिलाई पर्छ ।

के के परिवर्तन आउँछ त विवाहपछि युवतीमा ?

शरीरमा लापरवाही

विवाह भन्दा पहिला युवतीहरुले आफ्नो फिगरलाई विशेष ध्यान दिने गरका हुन्छन् । राम्रो फिगरका लागि खानपानमा पनि विशेष ध्यान दिएका हुन्छन् । तर विवाह पछि उनीहरुको ध्यान अन्तै केन्द्रित हुन जान्छ । उनीहरु विवाह भन्दा पहिला शरीरलाई स्फूर्त राख्नका लागि निकै मिहेनत गर्छन् तर विवाह पछि कसलाई देखाउनु छ र ? भन्दै वेवास्ता गर्छन् ।

कामको चाप

विवाह भन्दा पहिला घरमा सबै काम गर्ने युवती विवाह गरेपछि केही अल्छि हुन्छन् । उनीहरुको लागि विवाह गरेर गएको घरमा काम गर्ने मानिसको सहायता चाहिनेसमेत हुन जान्छ ।

हिसाब किताब

विवाह भन्दा पहिला घरायसी खर्चमा कुनै वास्ता नराख्ने युवती विवाह गरेर गएपछि भने आर्थिक कारोबारमा सक्रिय बन्न खोज्छन् । विवाह भन्दा पहिला बैंकमा खाता नहुने र खोल्ने आवश्यकता नठान्नेहरुले समेत विवाह पछि बैंकमा खाता खोल्छन् भने घरायसी हिसाबकितामा पनि सक्रियता जनाउँछन् । कसले कति खर्च गरो वा किन गरो, पतिलाई खर्च विवरण माग्ने लगायतका काम गर्छन् ।

आमालाई फोन

विवाह भन्दा पहिला कतै गएको बेलामा आमाले फोन गरेमा झर्कने छोरीले विवाह गरेपछि आमालाई आफैं फोन गर्छन् भने आमाको फोनको प्रतिक्षा गर्छन् । विवाहपछि आमालाई धेरै महत्व दिने र विवाह गरेर गएको घरको आमा(सासू) र परिवारलाई कम महत्व दिने भएका कारण पनि कयौं घरहरुमा विवाद हुने गरेको छ ।

नन्द जेठानीसँगको प्रतिस्पर्धा

विवाह भन्दा पहिला बहिनी वा भाउजु वा अरुले के लगाए वा के किने भन्ने कुरामा युवतीको खासै चासो रहँदैन । आफूलाई मन परेको र मर्जी अनुसारका कपडा र अन्य गरगहनामा चासो राखेका हुन्छन् तर विवाह गरेर गएपछि नन्द वा जेठानीसँग प्रतिस्पर्धा शुरु हुन्छ । कपडा, स्टाटस फेसन लगायत हरेकमा नन्द जेठानीसँगको प्रतिस्पर्धा शुरु हुन्छ । नन्दले वा जेठानीले यसो गरिसकी भन्दै उनीहरुको मन शान्त रहन सक्दैन ।

सुखी पत्नी र दुखी पति

विवाहभन्दा पहिला पुरुषको मन पर्ने बानी पनि विवाह पछि युवतीलाई मन पर्न छोड्छ । विवाह गरेर गएपछि युवतीका लागि आफ्नो भाइ संसारकै सबैभन्दा दुखी पति लाग्छ भने बहिनी, जेठानी र नन्द जस्ता महिला सबै भन्दा सुखी लाग्छ ।

पहिला जस्तो छैन

हरेक युवतीले विवाह पछि गुनासो गर्छन् । विशेषगरि पतिसमक्ष उनीहरुको गुनासो हुन्छ । तपाई पहिलाको जस्तो हुनुहुन्न । फेरिनुभयो जस्तो शव्द उनीहरुको नियमित बन्न जान्छ । विवाह पछि पनि व्यक्ति वा पुरुष पहिलाको जस्तै कसरी रहन सक्छ र ? भन्ने चाहिँ उनीहरुले सोच्दैनन् । त्यस्तै पुरुषले पनि युवतीमाथि सोच्ने गर्छ । महिला र पुरुष दुवै स्वतन्त्र भएको बेलाको जस्तो हुँदैनन् । पारिवारिक झमेला, सम्बन्ध र जिम्मेवारीले गर्दा सबै परिवर्तन हुन्छन् भन्ने दुबै पति र पत्नीले बुझ्ने हो भने समस्या नै पर्दैन ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ४४ बजे

पार्टीको सूचना जनतामा पुर्‍याउन एआईको सदुपयोग गरौँ : उपप्रधानमन्त्री सिंह

धनुषा– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले विकसित

कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कलाकृति र सीप नयाँ

इङल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य

काठमाडौं -इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य

केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा

काठमाडौं– आइतबारबाट काठमाडौंमा सुरु हुने तेश्रो संस्करणको केपी ओली कप

परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ