भिडियो गेमलाई ‘रोग’ भनी परिभाषित गर्ने डब्लुएचओको तयारी « Khabarhub

भिडियो गेमलाई ‘रोग’ भनी परिभाषित गर्ने डब्लुएचओको तयारी


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिका– प्रविधिको विकाससँगै मानिसहरु भिडियो गेमको लतमा फस्दै गइरहेका छन् । नेपालमै पनि हालैमात्र पब्जी नामक भिडियो गेमलाई प्रतिबन्ध लगाइएको थियो । यद्यपि पछि भने त्यो फिर्ता लिइएको थियो ।

भिडियो गेमको लतमा बालबालिका मात्रै होइन, युवावर्गका मानिसहरु पनि फस्दै आएका छन् । मानिसहरु आफ्नो काम नै त्यागेर भिडियो गेममै झुण्डिने गरेकाले उनीहरुलाई समाजमा घुलमिल हुन समेत अफ्ठ्यारो पर्ने गरेको समाचार पनि आउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले भने अब भिडियो गेमको लतलाई औपचारिक रुपमै ‘रोग’ भनी परिभाषित गर्ने भएको छ । भिडियो गेमको लतले मानिसको दैनिक जीवनलाई नै असर पार्ने भएकाले यस्तोलाई डब्लुएचओले ‘रोग’ कै रुपमा परिभाषित गर्न लागेको हो ।

यसअघि गत जुन महिनामा डब्लुएचओले भिडियो गेमलाई स्वास्थ्यसम्बन्धी ‘विकार’ का रुपमा परिभाषित गरेको थियो । भिडियो गेमको लतलाई रोगका रुपमा परिभाषित गर्ने वा नगर्ने विषयमा आगामी साता डब्लुएचओमा मतदान हुने बताइएको छ ।

यता भिडियो गेमका निर्माताहरुले भने भिडियो गेमको लतलाई समस्याका रुपमा स्वीकार्दै यसबारे थप कदम चाल्न तयार रहेको जनाएका छन । हालै माइक्रोसफ्ट कम्पनीले केटाकेटीलाई भिडियो गेमको लत नलागोस् भन्नाका लागि अभिभावकलाई भिडियो गेमको नियन्त्रण गर्ने अधिकार दिनेगरी प्राविधिक विकास गर्न लागेको जनाएको थियो ।

त्यसबाहेक भिडियो गेममा हुने हिंसा, आक्रमकता र अन्य गतिविधीले बालबालिका र युवावर्गका मानिसहरुलाई अझ हिंसात्मक बनाउँदै लगेको बारे पनि चिन्ताहरु उत्पन्न हुँदै आएका छन् ।

भिडियो गेमको लतबाट मानिसहरु समाजमा घुलमिल नहुने र यसबाट उनीहरु डिप्रसन र अन्य मानसिक रोगको शिकार समेत हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ९ : ४५ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।