सीप प्रमाणीकरणमा विदेशबाट फर्किएका युवाले चासो देखाएनन्, दुई महिनामा साढे ४ सयको आवेदन « Khabarhub

सीप प्रमाणीकरणमा विदेशबाट फर्किएका युवाले चासो देखाएनन्, दुई महिनामा साढे ४ सयको आवेदन


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप परीक्षण र प्रमाणीकरण गरी प्रमाणपत्र दिन योजना अघि ल्याएको थियो। वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफुले विदेशमा सिकेको परीक्षण गराउन चासो नदिएको पाइएको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलो पटक गएको मंसिर ११ गतेदेखि मंसिर मसान्तसम्मको म्याद दिएकोमा फारम भर्नेको सख्या कम भएपछि पुस मसान्तसम्मको म्याद थपिएको थियो। तर यो अवधिमा पनि सरकारले लक्ष्य लिएको जस्तो युवा विदेशमा सिकेको सीप प्रमाणीकरण गराउन सहभागी भएका छैनन् ।

सरकारले विदेशबाट फर्किएका एक हजार जनाको सीप परीक्षण र प्रमाणीकरण गरी प्रमाणपत्र दिने भने पनि ४ सय २१ जनाले मात्रै फारम भरेको बोर्डको सचिवालयले जनाएको छ । सरकारले आवेदन खुल्ला गरेको दुई महिनामा सीप प्रमाणीकरणका लागि उत्साहजन सहभागिता देखिएको छैन।

अनौपचारिक जानकारी अनुसार ४ सय २१ जनाले फारम भरेको देखियो’ प्रवद्र्धन बोर्डको सचिवालय अन्तर्गत प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाका निर्देशक ऋषिराम भुसालले बताएका छन्।

वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने भएपछि सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणीकरण गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ५ : ०१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको