उमेर छिप्पी सक्दा पनि छोरीको बिहे भएको छैन, यसो गरे चाँडै दुलही बन्नेछिन् « Khabarhub

उमेर छिप्पी सक्दा पनि छोरीको बिहे भएको छैन, यसो गरे चाँडै दुलही बन्नेछिन्


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हामीले समाजमा कुनै परिवारकी छोरीको उमेर छिप्पिएपछि पनि विवाह हुन नसकेको देखिरहेका हुन्छौँ । विवाहको लागि दुई परिवार बिच कुराकानी हुँदै गर्दा कतिपय अवस्थामा सम्बन्ध जोडिन सकिरहेको हुँदैन । यसका साथै कहिले केटालाई केटी मन पर्दैन त कहिले केटीलाई केटा मन पर्दैन । यस्ता विविध कारणले त्यस्ता युवतीको विवाह हुनमा ढिलाइ भइरहेको हुन्छ । जसका कारण उनका बुबा-आमा तनावमा परिरहेका हुन्छन् ।

तर, छोरीको बिहे हुनुमा के कारण ढिलाइ भइरहेको हुन्छ त ? यसबारे केही प्रसंग यहाँ प्रस्तुत गरिन्छ । हिन्दुशास्त्रअनुसार यदि केटीको कुण्डलीमा गुरु कमजोर रहेको अवस्था छ भने उसको बिहे हुनुमा ढिलाइ हुन्छ । सही समय बिहे हुन तथा कुनै रोकावट नहोस् भन्नाका लागि केही उपाय लगाउन आवश्यक हुन्छ । यस्ता केही उपाय छन् जसलाई पालना गरेको खण्डमा केटीको चाँडै विवाह हुनेछ ।

१. हरेक बिहीबार गाईको हरियो घास खुवाउनुहोस् । यसले केटीको विवाहको योग बन्न सक्छ ।

२. विवाहमा ढिलाइ भइरहेका युवतीले अधिकांश समय पहेलो रङ्गको कपडा लगाउनु राम्रो हुन्छ । यसले गुरुसँग सम्बन्धित शुभ फल मिल्न सक्छ ।

३. बिहीबारको व्रत बस्ने र बृहस्पति मन्दिर गएर पूजा गर्नुहोस् ।

४. युवतीको हातले केराको दुई बिरुवा रोप्ने र दैनिक उक्त बिरुवामा पानी लगाउने । यस्तै हरेक बिहीबार केराको उक्त बोटको पूजा गरेमा शुभ फल मिल्नेछ ।

५. युवतीको विवाहका सम्बन्धमा पटक–पटक बाधा आइरहेको छ भने सोमबार चनाको दाल र सवा लिटर दूध दान गर्नुहोस् ।

६. भगवान शिव तथा माता पार्वतीको पूजा एकसाथ गर्नुहोस् । यसले पनि विवाहको योग बन्नेछ ।

७. हरेक बुधबार वा चतुर्थी तिथीमा भगवान श्री गणेशलाई मालपुवा चढाएर पूजा गर्नुहोस् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : १९ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग