त्रिवि सेवा आयोग : प्रश्नपत्र निर्माणदेखि नतिजासम्म त्रुटि « Khabarhub

त्रिवि सेवा आयोग : प्रश्नपत्र निर्माणदेखि नतिजासम्म त्रुटि


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाइएको छ । प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म त्रुटि भएको पाइएको हो । आयोगले नियम मिच्दै एकलौटी तरिकाले प्रश्नपत्र निर्माणदेखि नतिजा निकालेको पाइएको राजधानी दैनिकमा खबर छ ।

परीक्षा प्रक्रियामा लोकसेवा आयोगका एक जना सदस्यको अनिवार्य उपस्थिति हुने प्रावधान छ । तर, लोकसेवा आयोगका सदस्य ब्रह्मदेव रायले त्रिविको परीक्षा प्रक्रियामा आफूलाई औपचारिकता निभाउन मात्रै बोलाइएको बताए ।

उनले भने, ‘मन लागेपछि बोलाउने, मन नलागेपछि नबोलाउने काम भएको छ । लोकसेवा आयोगको अनुभवका आधारमा जानुपर्छ भन्दा पनि सल्लाह नमानेको पाएँ ।’ प्रश्नपत्र बनाउनेदेखि परीक्षणसम्मको गोपनीयतामाथि प्रश्न चिह्न उठेको स्रोतले बताएको छ ।

आयोगले प्रकाशन गरेको लिखित परीक्षाको नतिजामा आयोगका पदाधिकारी र सत्तारुढ दलका नेताका नातेदारहरूको नाम निस्किएको भन्दै तीव्र विरोध भएको थियो । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगले लिएको परीक्षा सन्दर्भमा भइरहेको छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनियमितता देखिए प्रमाणसहित अदालतमा जाने बताए । उनले भने, ‘हामीले अन्तर्वार्ताको नतिजा रोक्न भनेका छौं । अनुसन्धान अन्तिम चरणमा पुगेको छ । ’

नेपाली स्याटेलाइटले सुरु गर्‍यो काम शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । गत ५ वैशाखमा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपराह्न ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट–१’ अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको हो ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्यु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट ५ वैशाख राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो । अमेरिकाको भर्जिनियास्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटसँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो ।

स्पेस इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभास मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाइएको हो । यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ भएको छ । स्याटेलाइटमा नेपालको झन्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरूको नाम पनि छ ।

त्यस्तै पत्रिकाले भक्तपुरमा अत्यधिक कित्ताकाट, ‘स्मार्ट सिटी’ बिगारिँदै शीर्षकमा समाचार छापेको छ । कित्ताकाट रोक लागेपछि चोरबाटोबाट कित्ताकाट गर्नेको संख्या ह्वात्तै बढेको छ ।

प्लानिङ गर्नेदेखि विभिन्न बहानामा कित्ताकाट गर्दै जग्गा खण्डीकरण गर्नेको चलखेल बढिरहेको हो । चोर बाटोबाट कित्ता काट गर्दै सरकारले घोषणा गरेको ‘स्मार्ट सिटी’को स्वरुप बिगार्न जग्गा चलखेलकर्ता लागिपरेका छन् ।

जग्गा सम्याउने र संयुक्त नाममा कित्ताकाट मुद्दा दर्ता गर्दै खण्डीकरण गर्ने गरिएको पाइएको छ । नयाँ कानुन लागू भएपछि दैनिक एकभन्दा बढी कित्ताकाटका मुद्दा भक्तपुर जिल्ला अदालतमा दर्ता हुने गरेका छन् ।

अदालतका अनुसार जिल्लामा चालू गत जेठमा कित्ता काटका मुद्दा ४ ८६ वटा दर्ता भएका छन् । संयुक्त नाममा पास जग्गा ‘अलग गरी पाउँ’ भनी मुद्दा लिएर आउने गरिएको पाइएको छ । जसअनुसार अदालतले कित्ता काटका लागि अनुमति दिएपछि खण्डीकरण गरेको जमिन विक्री गरेको खुल्न आएको छ । जसका कारण ‘प्लानिङ’ बढ्दै गएको छ ।

जिल्ला अदालत भक्तपुरका श्रेष्तेदार कृतबहादुर बोहराका अनुसार मुद्दाको अधिकांश कित्ता काट हुने गरिएको छ । अधिकांश प्लानिङका नै हुने गरिए पनि अदालतले ‘यो विक्रीका लागि नै हो भनी रोक गर्न मिल्दैन,’ श्रेष्तेदार कृतबहादुर बोहरा भन्छन्, ‘यसैले कित्ता काटका नाममा जग्गा प्लानिङ मैलाएको हो ।’

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ६ : ३८ बजे

कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन

काठमाडौं- नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक