तापक्रम ४५ डिग्री, तीन दिनमा १३८ जनाको ज्यान गयो « Khabarhub

तापक्रम ४५ डिग्री, तीन दिनमा १३८ जनाको ज्यान गयो


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको विहारमा तातो हावा (लु) बाट तीन दिनमा १३८ जनाको मृत्यु भएको छ। अस्पतालमा गर्मीले पीडित सयौँ बिरामी भर्ना भएका छन् ।

प्रान्तीय राजधानी पटनाको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ । अत्यधिक गर्मीका कारण गयामा धारा १४४ लागू गरिएको छ । उक्त नियमअन्तर्गत ४ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी, गैरसरकारी निर्माण कार्य लगायतका काम गर्न नपाइने भएको छ ।

स्थानीय समाचारमाध्यमले जनाए अनुसार सोमबार नालन्दामा ५ र औरंगाबादमा ४ जनको लुबाट ज्यान गएको छ । आइतबार मात्रै विहारमा ११४ जनाको ज्यान गएको थियो भने शनिबार ६१ जनाको मृत्यु भएको थियो ।

गर्मीका कारण ३ सय भन्दा बढी बिरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विहारमा सरकारले गर्मी प्रभावित जिल्लाहरुमा थप डाक्टर खटाउन शुरु गरेको छ । खानेपानीका ट्यांकर ठाउँठाउँमा पठाइएको छ । राज्यभरका विद्यालय बन्द गरिएका छन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ४६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन