अर्जेन्टिनालाई जुनसुकै टिमले पनि हराउन सक्छ-म्याराडोना « Khabarhub

अर्जेन्टिनालाई जुनसुकै टिमले पनि हराउन सक्छ-म्याराडोना


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कोपा अमेरीकाको पहिलो खेलमा अर्जेन्टिना पराजित भएपछि अर्जेन्टाइन लिजेन्ड्री डियगो म्याराडोनाले टोलीको आलोचना गरेका छन् । म्याराडोनाले टीवाईसी स्पोट्स च्यानलसँगको कुराकानीमा टोलीको आलोचना गरेका हुन् ।

उनले यतबेला मेस्सीलाई फिफा वरियतको जुनसुकै टोलीले पनि अर्जेन्टिनालाई हराउन सक्ने भन्दै ब्याङ्ग गरेका छन् । कोपा अमेरीकामा कोलम्बियाविरुद्धको पहिलो खेलमा अर्जेन्टिना २–० गोल अन्तरले पराजित भएको थियो । कोपा अमेरीकाको पहिलो खेलमा अर्जेन्टिना सन् १९७९ पछि पहिलो पटक पराजित भएको हो ।

म्याराडोनाले टोलीको मात्रै आलोचना गरेन् अर्जेन्टिनाको फुटबल महासंघको पनि आलोचना गरेका छन् । उनले अनुभव नभएका लियोनल स्कालोनिलाई राष्ट्रिय टोलीको प्रशिक्षक बनाउनु नै महासंघको गल्ती भएको उल्लेख गरेका छन् ।

उनले खेलाडीहरुलाई राष्ट्रिय टोलीको जर्सीको महत्व बुझ्नु पर्ने बताएका छन् । यो सिजनमा अर्जेन्टिना २५ वर्ष लामो उपाधि खडेरी तोड्ने योजनामा छ । कोपा अमेरीकामा अर्जेन्टिनाले दोस्रो खेल बुधबार पाराग्वेसँग खेल्दैछ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : १४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने