‘कलंक’ मा चिप्लिएपछि वरुण धवनले भने – यो फिल्म चल्नलायक नै थिएन « Khabarhub

‘कलंक’ मा चिप्लिएपछि वरुण धवनले भने – यो फिल्म चल्नलायक नै थिएन


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लगातार ११ हिट फिल्म दिएपछि बलिउड अभिनेता वरुण धवनको फिल्म ‘कलंक’ बक्स अफिसमा नराम्रोसँग चिप्लियो । उनको अघिल्लो फिल्म ‘सुई धागा’ लाई समीक्षकले खासै रुचाएनन् तर बक्स अफिसमा राम्रै व्यापार ग–यो । ‘कलंक’ फ्लप हुँदा यसले आफूलाई निकै नराम्रोसँग प्रभाव पारेको वरुण बताउँछन् ।

अभिषेक वर्मनको निर्देशन र करण जोहरको निर्माण रहेको यो फिल्मलाई समीक्षकले पनि रुचाएनन् । दर्शकले पनि फिल्मको राम्रो रिभ्यु गरेनन् । वरुणले भने यो फिल्मको असफलताले आफूलाई धेरै कुरा सिकाएको बताउँछन् ।

एक समाचार एजेन्सीसँग कुरा गर्दै वरुण धवनले यो फिल्मले आफूलाई प्रभावित पारेको बताएका छन् । ‘फिल्मलाई जनताले खासै रुचाएनन्, यो फिल्म चल्नेलायक पनि थिएन, यदि फिल्म दर्शकलाई मन पर्छ भने त्यो फिल्म चल्नुपर्छ,’ धावनले भने ।

वरुणले ‘कलंक’ दर्शकलाई मन नपर्नु भनेको आफ्ना लागि पनि सिकाइ भएको बताए । ‘मैले यो फिल्मबाट सिकेँ कि, कैयनपटक केही चीजले राम्रोसँग काम गर्दैनन्, जसका कारण नतिजा राम्रो आउँदैन,’ उनले भने ।

आफूले यो फिल्मबाट धेरै कुरा सिकेको र अब नयाँ प्रोजेक्टमा फोकस भएको उनले बताए । वरुणका हातमा ‘स्ट्रीट डान्सर’ ‘कुल्ली नम्बर १’ लगायतका फिल्म छन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : ५० बजे

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

रुखबाट लडेर युवकको मृत्यु

बागमती‍– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको