नेपाली युवकले केटी भगाएको भन्दै अछाम पुग्यो भारतीय प्रहरी « Khabarhub

नेपाली युवकले केटी भगाएको भन्दै अछाम पुग्यो भारतीय प्रहरी


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवकले भारतीय केटी भगाएर ल्याएको भन्दै भारतको छत्तिसगढ राज्यको प्रहरीका ३ जना कर्मचारी अछाम पुगेका छन् ।

छत्तिसगढ राज्यको दिपिका थाना, कोरबाका ३ जना प्रहरी सादा पोसाकमा अछाम पुगेका हुन् । अछाम पुग्नेमध्ये छत्तिसगढ प्रहरीका सब–इन्सपेक्टर (सई) अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल छन् ।

उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय अछाममा रहेका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अछामका केशव सोनीले आफ्नी १५ वर्षीया छोरी भगाएर लगेको भन्दै छत्तिसगढ राज्यको कोरबा जिल्लाअन्तर्गत शान्तिनगर–७ की ३८ वर्षीया उर्मिला राठेरले स्थानीय प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनले आफ्नी १५ वर्षीया छोरी कुमार काजल राठोरलाई केशवले भगाएर लगेको उजुरीमा उल्लेख गरेकी थिइन् । सोही उजुरीका आधारमा साधा पोसाकमा रहेको भारतीय प्रहरी अछाम पुगेको हो ।

प्रहरीका अनुसार सादा पोसाकमा आएको भारतीय प्रहरी अनुमतिविनै अछाम पुगेको हो ।अहिले उनीहरु अछाम प्रहरी कार्यालयमा छन् ।

यद्यपि उनीहरुलाई नियन्त्रणमा भने नलिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिने या नलिने सम्बन्धमा प्रहरी प्रधान कार्यालयको निर्देशन पर्खिरहेको जिल्ला प्रहरी कार्यालय अछामका अधिकारीले जानकारी दिएका छन् ।

केशव र उनले भगाएर ल्याएकी भनिएकी १५ वर्षीया कुमार काजल राठोरलाई पनि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा छलफल चलिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ११ : ४९ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल