प्रधानमन्त्रीको सम्बोधनमा कांग्रेसको अवरोध, संसद बैठक स्थगित | Khabarhub Khabarhub

प्रधानमन्त्रीको सम्बोधनमा कांग्रेसको अवरोध, संसद बैठक स्थगित


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बैठक स्थगित भएको हो ।

बैठक शुरु भएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । आफूहरुले बैठकको प्रारम्भमै बोल्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदले समय माग गरेका थिए ।

तर, सभामुख कृष्णबहादुर महराले प्रारम्भमै प्रधानमन्त्री ओलीलाई बोल्नका लागि समय दिए ।  सभामुखले बोल्नका लागि समय दिएपछि प्रधानमन्त्री ओली रोस्टमतर्फ गएका थिए । तर, कांग्रेस सांसदहरु विरोध गर्दै रोस्टम नै घेर्न पुगे ।

बैठक शुरु भएको करिब ९ मिनेटसम्म कांग्रेसको विरोध जारी रहेपछि सभामुख महराले बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार विहान ११ बजे बस्ने गरी सभामुख महराले मंगलबारको बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १२ : १२ बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्