चिनियाँ कम्पनीले चासो नदिएपछि बुढागण्डकी आयोजनामा सरकारले गर्‍यो नयाँ निर्णय « Khabarhub

चिनियाँ कम्पनीले चासो नदिएपछि बुढागण्डकी आयोजनामा सरकारले गर्‍यो नयाँ निर्णय


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम स्वदेशी र आवश्यकताअनुसार विदेशी कम्पनीहरुको संयुक्त लगानीमा अगाडि बढाउने गरी नयाँ मोडेल अगाडि सारेको छ ।

यसअघिको सरकारले स्वदेशी लगानीमै आयोजना निर्माण गर्ने भनेर  गरेको निर्णय उल्टाउँदै चिनियाँ कम्पनीलाई दिइएको बुढीगण्डकी पुनः स्वदेशी र विदेशी कम्पनीको संयुक्त लगानी (ईपीसीएफ) मोडलमा अगाडि बढाउन लागिएको हो ।

चिनियाँ कम्पनी गेजुवाले निर्माणमा चासो नदिएपछि सरकारले बुढीगण्डकी निर्माणको सन्दर्भमा नयाँ मोडल अगाडि सारेको हो ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सो आयोजनाको कामलाई अघि बढाइन लागिएको पनि बताए ।

स्वदेशी र आवश्यक परेको खण्डमा विदेशी कम्पनीले लगानी गर्न सक्ने गरी (ईपीसीएफ) मोडलमा सो आयोजना अघि बढाउने तयारी गरिएको मन्त्री पुनले जानकारी दिए ।

हालसम्म आयोजनाको कामलाई अघि बढाउने गरी ड्याम साइटको मुआब्जा वितरण गर्ने काम सम्पन्न गरिएको मन्त्री पुनको भनाइ छ ।

मन्त्री पुनले सो आयोजनाको लागि २५ अर्वको मुआब्जा वितरण गरिएको बताए । गोर्खाको आरु घाटलगायतका बजार क्षेत्रको मुआब्जा वितरणको काम विवादमा आएकाले त्यसलाई समाधान गर्न प्रयास पुनले बताए ।

समितिको बैठकमा मन्त्री पुनले अदालत र छानबिन समितिमा विचाराधिन अवस्थामा रहेकाले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महशुल तत्काल उठाउन सकिने अवस्था नरहेको बताए ।

८ वटा उद्योगहरुबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनको ९ अर्ब बक्यौता रकम उठाउन बाँकि रहेको मन्त्री पुनले बताए ।

सरकारले सो महशुलबारे यकिन गर्न छानबिन समिति पनि गठन गरेको छ । मन्त्री पुनले छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सो महशुल उठाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १२ : ५६ बजे

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपाका नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी