सगरमाथामा लियाजन अफिसरको मनपरी, आधार शिविर नपुगी घर बसेरै भत्ता | Khabarhub Khabarhub

सगरमाथामा लियाजन अफिसरको मनपरी, आधार शिविर नपुगी घर बसेरै भत्ता


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आरोहणको समन्वय गर्न सरकारले खटाएका अधिकांश अधिकारी (लियाजन अफिसरहरु) आधार शिविर नपुगी फर्किने गरेको पुष्टि भएको छ ।

आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि नियाल्ने तथा अनुगमन गर्नु पर्ने जिम्मेवारीका साथ खटाइएका ३७ मध्ये १५ जना लियाजन अफिसर आधार शिविर नपुगेको पर्यटन विभागले पुष्टि गरेको हो । यो पुष्टिसँगै लियाजन अफिसरहरु कार्यथलोमा नजाने गरेको र सगरमाथा आरोहणमा अस्तव्यस्त हुने गरेको आरोप सरकारले अस्वीकार गर्दै आएपनि सही सावित भएको छ ।

केही समय अघि युरोपको साताव्यापी भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले सगरमाथा आरोहणका विषयमा प्रश्न सोधेको थियो । सगरमाथामा आरोहीहरुको भीड बढ्दा ट्राफिक जाम भएको र आरोहणको समन्वय गर्न सरकारले खटाएका लियाजन अफिसर आधार शिविर नपुगी पैसा बुझेर घरमा बस्ने गरेको भन्दै प्रधानमन्त्री ओलीमाथि बीबीसीले प्रश्न सोधेको थियो । उक्त प्रश्नमा आरोप पनि मिसिएको थियो । जसको जवाफ प्रधानमन्त्री ओलीले ठोस रुपमा दिन सकेका थिएनन् । त्यसबेला यो विषयलाई बीबीसीको आरोपमात्र हो भनिए पनि अहिले आएर भने अधिकाशं लियाजन अफिसरहरु आधार शिविर नपुगी घरमै बसेर पैसा बुझ्ने गरेको विभागले पुष्टि गरेको हो ।

नेपालका ६ हजार मिटरभन्दा अग्ला हिमाल आरोणका लागि जाने टोलीलाई समन्वय गर्न सरकाले एकजना अधिकृत (लियाजन अफिसर) खटाउने व्यवस्था छ । यसपटकको सिजनमा सगरमाथा आरोहणमा गएका ४४ टालीका लागि ३७ जना लियाजन अफिसर विभागले खटाएको थियो ।

यस्तै, पर्यटन विभाग र यस अन्तर्गतका निकायसहित सबै सरकारी मन्त्रालय तथा कार्यालयबाट गरी यो वर्ष ११८ जना लियाजन अफिसर तोकिएको थियो । जसमध्ये ११३ जना पर्यटन बाहेकका मन्त्रालय तथा विभाग र पर्वतारोहण संघबाट तोकिएका थिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १ : १७ बजे

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

राजविराज – राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ। बसपार्कको

बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध : एउटा पिकअप भ्यान बगायो

नवलपरासी – नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा

राइड सेयरिङको कानुनी मान्यताविरुद्ध विरोध : गण्डकीमा यातायात ठप्प

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ

पूर्व-पश्चिम राजमार्ग : दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगायो

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र दाउन्नेमा निर्माण गरिएको

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – यो साता कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको