अस्पतालमा गोली हानाहान हुँदा पूर्वी पाकिस्तानमा ५ जनाको मृत्यु « Khabarhub

अस्पतालमा गोली हानाहान हुँदा पूर्वी पाकिस्तानमा ५ जनाको मृत्यु


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको पञ्जाब प्रान्तमा एक अस्पतालभित्र २ समूहबीच भएको झडपमा ५ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको हो ।

सोमबार अबेर राति जिल्ला अस्पतालमा २ समूहबीच विवाद चलेको थियो । विवादले उग्र रुप लिँदा २ समूहका सदस्यबीच गोली हानाहान हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गोली हानाहानमा घाइते भएका १ व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको स्थानीय प्रहरीले जनाएको छ ।

झडपमा ७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १ : १९ बजे

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ : पर्यटनमन्त्री पौडेल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन