पशुपतिनाथ क्षेत्रबाट पनि गुठी विधेयकको विरोध « Khabarhub

पशुपतिनाथ क्षेत्रबाट पनि गुठी विधेयकको विरोध


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी कानून एकीकरण गर्न विधेयकको विरोधमा भइरहेको प्रर्दशन मंगलबार पनि जारी रह्यो ।

मंगलबार विहान श्री पशुपतिनाथ ग्वल पुचः समाजले गुठी विधेयकको विरोधमा पशुपतिनाथ मन्दिरबाट सांस्कृतिक झाँकी र बाजागाजासहित प्रदर्शन गरेको छ ।

विहान पशुपतिनाथ मन्दिरबाट शुरु भएको झाँकीसहितको प्रदर्शन जयबागेश्वरी–सिफल–लामपोखरी–चाबहिल गणेशस्थान–चाबहिल चोक–मित्रपार्क–जयबागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको दक्षिणढोका अघिको भण्डारी गुठी घर आई सभामा परिणत भएको थियो ।

प्रदर्शनमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका वडा नं ७ र ८ का निर्वाचित जनप्रतिनिधिलगायत सहभागी थिए ।

प्रदर्शनमा सहभागीले ‘नेपालको मौलिक जीवन्त सांस्कृतिक जात्रा पर्व मास्न पाइँदैन’, ‘गुठी विधेयकका नाममा धर्म संस्कृति नाशिन दिँदैनौँ’, ‘गुठी विधेयक फिर्ता गर’ लगायत नारा लगाएका थिए ।

सांसद थापा, प्रदेशसभा सदस्य वैद्यलगायतले गुठी विधेयकका नाममा मौलिक सम्पदामाथि आक्रमण हुन लागेकाले फिर्ता लिनुपर्नेमा जोड दिएका थिए ।

पशुपति क्षेत्रमा अमालकोट कचहरी कार्यालय, जयबागेश्वरी भण्डार तहविल कार्यालय, पशुपति भण्डार तहविल कार्यालय नामका पशुपतिसँग सम्बन्धित गुठी छन् ।

यसका अतिरिक्त निजीस्तरबाट खुलेका जात्रा पर्व एवं संस्कारसम्बन्धी सयौँ गुठी रहेको पुचः समाजका अध्यक्ष केदारमान भण्डारीले बताउए ।

पशुपतिका नाममा रहेका ३ वटै गुठी २०५५ सालदेखि पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालनमा छन् । त्यसअघि तीनवटै कार्यालय बेग्लाबेग्लै सञ्चालन हुने गरेको अमालकोट कचहरी कार्यालयका गणेश श्रेष्ठले बताए । पशुपतिका तीनै गुठी छुट्टै सञ्चालन हुँदा यसको रेखदेख मूल भट्टले गर्ने परम्परा थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १ : २९ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।