कांग्रेस सभापति देउवाको प्रतिक्रिया– मलाई संसदमा बोल्नै दिइएन « Khabarhub

कांग्रेस सभापति देउवाको प्रतिक्रिया– मलाई संसदमा बोल्नै दिइएन


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारको बैठकमा आफूलाई बोल्न नदिइएको बताएका छन् ।

मंगलबारको बैठकमा प्रधानमन्त्रीभन्दा पहिले बोल्नका लागि प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा आफूले समय मागेपनि बोल्न नदिइएको बताएका हुन् ।

आफूलाई बोल्न नदिइएपछि संसद बैठक अवरुद्ध गरिएको देउवाको भनाइ थियो ।

मंगलबारको संसद बैठक अवरुद्ध भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘ “प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज ।’

संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षीलाई दिइनुपर्ने पनि देउवाको भनाइ छ । ‘जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो,’ देउवाले भने, ‘ सुरुमा कहाँ बोल्छन् ?’

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १ : ५२ बजे

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपाका नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,