‘द भ्वाइस अफ नेपाल २’ साउनदेखि, कोचमा फेरबदल « Khabarhub

‘द भ्वाइस अफ नेपाल २’ साउनदेखि, कोचमा फेरबदल


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो संकरण शुरु हुने तयारीमा छ । दोस्रो सिजनको तयारी नजिकिँदै गर्दा आयोजकले नयाँ कोच सार्वजनिक गरेको छ ।

आयोजकका अनुसार दोस्रो सिजनमा दुई नयाँ कोच थप गरिएको छ भने पुराना दुई कोचले यो सिजनमा पनि निरन्तरता दिने भएका छन् ।

पहिलो सिजनमा कोच बनेका सनुप पौडेल र अभया सुब्बा हटाइएको छ । यस्तै वरिष्ठ गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहनेछन् । आयोजकले दोस्रो सिजनमा मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतलाई भित्र्याएको हो । दुवै नेपाली संगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् ।

अमेरिकामा बस्दै आएका गायक लामा यही शोको छायांकनका लागि नेपाल आएका छन् ।

साउनको पहिलो साताबाट हिमालयन टेलिभिजनमा प्रसारण गरिने शोको दोस्रो संस्करणलाई यसपटक पनि लक्ष्मण पौडेलले निर्देशन गर्नेछन् । यस्तै शोमा होस्ट सुशील नेपाल नै रहने बताइएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ४ : ३२ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन