इङ्ग्ल्याण्डका कप्तानले कीर्तिमान बनाउँदा राशिद खान सबैभन्दा महँगा « Khabarhub

इङ्ग्ल्याण्डका कप्तानले कीर्तिमान बनाउँदा राशिद खान सबैभन्दा महँगा


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले अफगानिस्तानलाई ३९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । म्यान्चेस्टरस्थित वल्र्ड ट्राफोर्डमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको इङ्ग्ल्याण्डले अफगानिस्तानविरुद्ध निर्धारित ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनायो ।

इङ्ग्ल्याण्डका लागि सर्वाधिक १४८ रन बनाएका कप्तान इयोन मोर्गनले विश्वकपको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमानी समेत बनाए । उनले अफगानिस्तानविरुद्ध १७ छक्का प्रहार गर्दै कीर्तिमानी बनाएका हुन् ।

यो कीर्तिमानी यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका एबी डि भिलियर्स र वेष्ट इन्डिजका क्रिस गेलको नाममा थियो । जसमा उनीहरुले एकै इनिङ्समा १६ छक्का प्रहार गरेका थिए ।

अफगानिस्तानविरुद्ध इङ्ग्ल्याण्डका अन्य खेलाडीहरुमा जोनी बेरिस्टोले ९० रन बनाए भने जो रुटले ८८ रन बनाए । इङ्ग्ल्याण्डविरुद्ध टस हारेर फिल्डिङ गरेको अफगानिस्तानका बलरहरुले रन नियन्त्रण गर्न नसक्दा लामो लक्ष्य पाएको हो ।

इङ्ग्ल्याण्डविरुद्ध ड्वालत जद्रान र गुलाबदीन नाभिले समान ३–३ विकेट लिए भने स्पिनर राशिद खान सबैभन्दा महँगा सावित भए । उनले ९ ओभर बलिङ गर्दा ११० रन खर्चिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ३० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित