युईएफएका पूर्व अध्यक्ष प्लाटिनी पक्राउ « Khabarhub

युईएफएका पूर्व अध्यक्ष प्लाटिनी पक्राउ


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएका पूर्व अध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युईएफएमा भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा उनलाई फ्रान्स प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

प्लाटिनीलाई पेरिसबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । प्रक्राउपछि फ्रान्सका पूर्व लिजेण्ड ६३ वर्षीय प्लाटिनीलाई हिरासतमा राखिएको छ ।

कतारलाई सन् २०२२ को विश्वकप आयोजना गर्न अनुमति दिने क्रममा प्लाटिनीले ठूलो भ्रष्टाचार गरेको आरोप छ । तर, उनले पटक–पटक आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्लाटिनी अहिले फुटबलमा ८ वर्षको प्रतिबन्ध खेपिरहेका छन् । फिफाले तीन वर्षअघि पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष रहेका प्लाटिनीलाई ८ वर्षको प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ५८ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान