प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन नदेखिँदा संसदमा हंगामा : कांग्रेस « Khabarhub

प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन नदेखिँदा संसदमा हंगामा : कांग्रेस


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यत्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसदीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ ।

संसदको घटना, प्रधानमन्त्रीको अभिव्यक्ति र विधेयकहरुबारे प्रेस विज्ञिप्ति जारी गर्दै कांग्रेसले सभामुखबाट ‘प्रधानमन्त्रीको लाचार छायाँ’को भूमिका प्रस्तुत गरिनु दुखद् भएको आरोप लगाएको हो । प्रधानमन्त्रीले सडकका आवाजलाई ‘लोकतन्त्र विरोधी’को संज्ञा दिनु आपत्तिजनक भएको कांग्रेसले विज्ञप्तिमाफर्त जनाएको छ ।

सरकारद्वारा प्रस्तुत गुठी र मिडिया काउन्सिल लगायतका विधेयकविरुद्ध व्यापक आवाज उठिरहेको सन्दर्भमा संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपूर्व प्रतिपक्षी नेताहरुले ती विषय उपर आम नागरिकको भावना राख्न चाहानु स्वभाविक भएको कांग्रेसको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ– ‘विपक्षी स्वरलाई म सुन्न चाहन्छु भन्ने लोकतान्त्रिक व्यवहार न त प्रधानमन्त्री बाट प्रस्तुत भयो न त सरकार बहुमतको संसद प्रतिपक्षी’को भन्ने मान्यतालाई सभामुखबाट कार्यान्वयन हुन सक्यो ।’

गुठी विधेयक फिर्ता लिएको घोषणा गरिए पनि आम जनताको खबरदारी जारी रहनुपर्ने कांग्रेसले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : ३८ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको