प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन नदेखिँदा संसदमा हंगामा : कांग्रेस « Khabarhub

प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन नदेखिँदा संसदमा हंगामा : कांग्रेस


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यत्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसदीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ ।

संसदको घटना, प्रधानमन्त्रीको अभिव्यक्ति र विधेयकहरुबारे प्रेस विज्ञिप्ति जारी गर्दै कांग्रेसले सभामुखबाट ‘प्रधानमन्त्रीको लाचार छायाँ’को भूमिका प्रस्तुत गरिनु दुखद् भएको आरोप लगाएको हो । प्रधानमन्त्रीले सडकका आवाजलाई ‘लोकतन्त्र विरोधी’को संज्ञा दिनु आपत्तिजनक भएको कांग्रेसले विज्ञप्तिमाफर्त जनाएको छ ।

सरकारद्वारा प्रस्तुत गुठी र मिडिया काउन्सिल लगायतका विधेयकविरुद्ध व्यापक आवाज उठिरहेको सन्दर्भमा संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपूर्व प्रतिपक्षी नेताहरुले ती विषय उपर आम नागरिकको भावना राख्न चाहानु स्वभाविक भएको कांग्रेसको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ– ‘विपक्षी स्वरलाई म सुन्न चाहन्छु भन्ने लोकतान्त्रिक व्यवहार न त प्रधानमन्त्री बाट प्रस्तुत भयो न त सरकार बहुमतको संसद प्रतिपक्षी’को भन्ने मान्यतालाई सभामुखबाट कार्यान्वयन हुन सक्यो ।’

गुठी विधेयक फिर्ता लिएको घोषणा गरिए पनि आम जनताको खबरदारी जारी रहनुपर्ने कांग्रेसले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : ३८ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल