टिकटकमा भुल्ने कर्मचारीको तलब काटिने ! « Khabarhub

टिकटकमा भुल्ने कर्मचारीको तलब काटिने !


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूचना प्रविधिको विकाससँगै यसको दुरुपयोगबाट हुने विभिन्न समाचारहरु सार्वजनिक भइरहन्छन् । पछिल्लो समय निकै चलेको टिकटकका विषयमा पनि अनेक समाचार बन्ने गरेका छ ।

कहिले टिकटकबाट मोडल बनेको, कहिले टिकटककै कारण हराएको मानिस भेटिएको समाचार यसअघि नै सार्वजनिक भएका छन् । अहिले पुनः यस्तै अनौठो खबर सार्वजनिक भएको छ । जसले अब तपाईं अफिसमा टिकटकको प्रयोग नगर्ने प्रण गर्नुहुनेछ ।

घटना भारतको हो । तेलंगानाको खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएको र अरु सोसल मिडिया एप चलाएर समय बिताएको आरोपमा तलब कटौती गर्ने तथा सरुवा गरेर कारबाही गरेको छ ।

निगम प्रमुखले करारमा भर्ना गरिएका ११ जना कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश दिएका हुन् । यस्तो कारवाही भोग्ने कर्मचारीमा महिला र पुरुष दुवै छन् । उनीहरुलाई कार्यालय समयमा सोसल मिडियामा च्याट गरिरहेको तथा टिकटकमा भिडियो रेकर्ड गरिरहेको बेला पटक पटक फेला पारिएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ५५ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि