सीके राउतको जीवनीमा फिल्म बन्ने, छठमा रिलिज गरिने « Khabarhub

सीके राउतको जीवनीमा फिल्म बन्ने, छठमा रिलिज गरिने


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा‍‍‌. सीके राउतको जीवनीमा आधारित फिल्म ‘डा. सीके राउत’ निर्माण हुने भएको छ । यो फिल्म ५० प्रतिशत सीके राउतको जीवनीमा आधारित हुनेछ भने ५० प्रतिशत काल्पनिक हुने निर्माण टिमले जनाएको छ ।

बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजित कार्यक्रममा फिल्मबारे जानकारी दिइयो । टिजर समेत सार्वजनिक गरिएको यो फिल्म आउँदो छठमा रिलिज हुने जनाइएको छ । कार्यक्रममा आधाभन्दा बढी सीके राउतका पार्टीका कार्यकर्ताहरु उपस्थित थिए ।

माँ राधिका इन्टरनेशनल मुभिजले चलचित्र निर्माण घोषणा गर्दै केक काट्यो । कार्यक्रममा सीके राउत पनि उपस्थित थिए । उनले यो फिल्मले दर्शकले आफ्नो बारेमा बुझ्न भूमिका खेल्ने प्रतिक्रिया दिए ।

फिल्मलाई सन्तोष साहले निर्देशन गर्नेछन । भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने भएका छन् । परदेशीले पर्दामा सीके राउतको भूमिका निभाउन कुनै कसर बाँकी नराख्ने बताए ।

यस्तै चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी, किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहने जनाइएको छ ।

फिल्मलाई पवन गौतमले छायांकन गर्नेछन् भने रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने छ । चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। यो चलचित्र नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने र अङ्ग्रेजी उपशीर्षक समेत राखिने जनाइएको छ । झण्डै डेढ करोडको लागतमा फिल्म बन्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  २ : ०० बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा