खतरनाक भाइरसबाट संसारका २.५ करोड मोबाइल प्रभावित, आफ्नो फोनबाट हटाई हाल्नुहाेस् « Khabarhub

खतरनाक भाइरसबाट संसारका २.५ करोड मोबाइल प्रभावित, आफ्नो फोनबाट हटाई हाल्नुहाेस्


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एन्ड्रोइड स्मार्टफोन  सुरक्षाको दृष्टिले सधैँ नै जोखिममा रहने गर्छ । जसका कारण प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण कसै न कसैबाट चोरी भइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । पछिल्लो समय एन्ड्रोइड स्मार्टफोन मालवेयर अर्थात भाइरसको आक्रमणमा पर्न थालेका छन् ।

सेक्युरिटी फर्म चेकपोइन्टले सार्वजनिक गरेको एक रिपोर्टले संसारका २ दशमलब ५ करोड एन्ड्रोइड फोन एजेन्ट स्मिथ मालवेयरको चपेटामा परेको दावी गरेको छ ।

रिपोर्टअनुसार भारतमा मात्रै यस भाइरसबाट १ दशमलब ५ करोड स्मार्टफोन प्रभावित भएको उल्लेख गरिएको छ ।

यो भाइरस प्रयोगकर्ताले पनि थाहै नपाई स्मार्टफोनमा प्रवेश गर्ने बताइएको छ । विशेष गरी गुगलसँग सम्बन्धित एपको माध्यमबाट यो भाइरस पत्तै नपाई स्मार्टफोनमा प्रवेश गर्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो भाइरसले प्रयोगकर्ताको फोनमा अगाडि नै रहेको एपलाई भाइरस भएको एपमा परिवर्तन गर्ने गर्दछ । मालवेयर भाइरसबाट भारतका साथै पाकिस्तान, बंगलादेश, बेलायत, अस्टे«लिया र अमेरिकाका स्मार्टफोन प्रयोगकर्ता प्रभावित भएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : ४४ बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही