नेपालमा शूटिङ होला मार्भल सुपरहिरोको फिल्म ‘डक्टर स्ट्रेन्ज २’? | Khabarhub Khabarhub

नेपालमा शूटिङ होला मार्भल सुपरहिरोको फिल्म ‘डक्टर स्ट्रेन्ज २’?


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुपरहिरोको सिनेम्याटिक संसार निर्माण गरिरहेको मार्भल इन्टरटेनमेन्टको आगामी फिल्म ‘डक्टर स्ट्रेन्ज २’ काठमाडौंमा छायांकन हुने सम्भावना बढेको छ । फिल्मका निर्देशक स्कट डेरिक्सनले इन्स्टाग्राममा पशुपतिनाथ आर्यघाट खिच्दै गरेको एक तस्वीर शेयर गरेका छन् ।

मार्भलको फिल्म ‘डक्टर स्ट्रेज’ काठमाडौंमा समेत छायांकन गरिएको थियो । स्कटले तस्वीरको क्याप्सनमा लेखेका छन्, ‘बिहाइन्ड द क्यामेरा इन काठमाण्डु ।’

 

View this post on Instagram

 

Behind the camera in Kathmandu

A post shared by Scott Derrickson (@scottderrickson) on

उनको तस्वीरमा नायिका शिल्पा मास्केले कमेन्ट गरेकी छिन्, ‘जन्मदिनको शुभकामना स्कट, तपाईंलाई काठमाडौंले कुरिरहेको छ ।’

उक्त कमेन्टको रिप्लाई दिँदै स्कटले लेखेका छन्, ‘धन्यवाद शिल्पा, तिमीलाई र तिम्रो देशलाई धेरै सम्झना छ ।’

डक्टर स्ट्रेन्जका केही दृश्य नेपालमा छायांकन गरिएको थियो । यो फिल्ममा मुख्य अभिनेता उपचारका लागि नेपाल आएको देखाइएको छ । केही दृश्यमा नायिका शिल्पा मास्केले पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  २ : २६ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु