नेपालमा शूटिङ होला मार्भल सुपरहिरोको फिल्म ‘डक्टर स्ट्रेन्ज २’? « Khabarhub

नेपालमा शूटिङ होला मार्भल सुपरहिरोको फिल्म ‘डक्टर स्ट्रेन्ज २’?


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुपरहिरोको सिनेम्याटिक संसार निर्माण गरिरहेको मार्भल इन्टरटेनमेन्टको आगामी फिल्म ‘डक्टर स्ट्रेन्ज २’ काठमाडौंमा छायांकन हुने सम्भावना बढेको छ । फिल्मका निर्देशक स्कट डेरिक्सनले इन्स्टाग्राममा पशुपतिनाथ आर्यघाट खिच्दै गरेको एक तस्वीर शेयर गरेका छन् ।

मार्भलको फिल्म ‘डक्टर स्ट्रेज’ काठमाडौंमा समेत छायांकन गरिएको थियो । स्कटले तस्वीरको क्याप्सनमा लेखेका छन्, ‘बिहाइन्ड द क्यामेरा इन काठमाण्डु ।’

 

View this post on Instagram

 

Behind the camera in Kathmandu

A post shared by Scott Derrickson (@scottderrickson) on

उनको तस्वीरमा नायिका शिल्पा मास्केले कमेन्ट गरेकी छिन्, ‘जन्मदिनको शुभकामना स्कट, तपाईंलाई काठमाडौंले कुरिरहेको छ ।’

उक्त कमेन्टको रिप्लाई दिँदै स्कटले लेखेका छन्, ‘धन्यवाद शिल्पा, तिमीलाई र तिम्रो देशलाई धेरै सम्झना छ ।’

डक्टर स्ट्रेन्जका केही दृश्य नेपालमा छायांकन गरिएको थियो । यो फिल्ममा मुख्य अभिनेता उपचारका लागि नेपाल आएको देखाइएको छ । केही दृश्यमा नायिका शिल्पा मास्केले पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  २ : २६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने