भारतले चन्द्रयान–२ आगामी सोमबार प्रक्षेपण गर्ने, सबै प्राविधिक गड्बडी सुधारियो « Khabarhub

भारतले चन्द्रयान–२ आगामी सोमबार प्रक्षेपण गर्ने, सबै प्राविधिक गड्बडी सुधारियो


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अन्तिम समयमा आएर स्थगित गरिएको भारतको चन्द्र अभियान चन्द्रयान–२ को प्रक्षेपण आगामी सोमबार हुने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गर्ने घोषणा गरेको हो ।

दक्षिण भारतको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटाबाट उक्त यान प्रक्षेपणको तयारी गरिएको इसरोले जनाएको छ ।

अघिल्लो साता गत असार ३० गते चन्द्रयान–२ प्रक्षेपण गर्नु केही समयअघि प्राविधिक गड्बडी देखिएपछि प्रक्षेपण स्थगित गरिएको थियो । चन्द्रयानमा देखिएका सबै प्राविधिक समस्या समाधान भइसकेको र निर्धारित समयमा नै प्रक्षेपणका सम्पूर्ण तयारी भएको इसरोले जनाएको छ ।

भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकांक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ । रुस, संयुक्तराज्य अमेरिका र चीनले यस्तो सफलता प्राप्त गरिसकेका छन् ।

भारतले यस परियोजनामा करिब १४ करोड अमेरिकी डलर खर्चिएको छ । अन्तरिक्ष विज्ञानका क्षेत्रमा यो हालसम्मकै सबैभन्दा सस्तो अभियान मानिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  २ : ४७ बजे

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा– झापाको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई