धान रोपाइँका बीच डीएपी मलको अभाव, खाली हात घर फर्किँदै किसान « Khabarhub

धान रोपाइँका बीच डीएपी मलको अभाव, खाली हात घर फर्किँदै किसान


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– धान रोपाइँको चटारोका बीच सिरहाका किसानले मलकाे अभावका कारण सास्ती खेप्नु परेको छ । सिरहामा डीएपी मलको अभाव हुँदा किसान मर्कामा परेका छन् ।

कृषि सामग्री लिमिटेडको केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा डीएपी मलको अभाव भएको कृषि उक्त लिमिटेडको लहान शाखाले जनाएको छ । धान रोपाइँको बेला मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डीएपी मलको अभाव भएको उक्त शाखाका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिए ।

उनका अनुसार सिरहामा ३० हजार बोरा डीएपी चाहिएकामा अहिले एउटा बोरा पनि मल यहाँको गोदाममा छैन । डीएपी मलको आभाव भए पनि युरिया मल भन्ने पर्याप्त छ ।

किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गरे पनि मल नपाएपछि निराश भएर फर्कने गरेका छन् । अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मलको अभाबले रोपोमा हाल्न नपाउनाका साथै साथै उत्पादनसमेत घट्ने किसानको भनाइ छ ।

मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको प्रमुख चौलागाईंले बताए । सरकारी अनुदानको डीएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ३ : ०४ बजे

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका