‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया « Khabarhub

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र भागमा राखी फिल्म ‘पेन्सन पट्टा’को तीन पोस्टर सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले सोमबार सार्वजनिक गरेको पोस्टरमा दयाहाङ र गौमायालाई ग्रामिण जोडीको भूमिकामा देखाइएको छ ।

पोस्टरहरूले फिल्मको कथा ग्रामिण परिवेशका जोडीको कथा र संघर्षबारे रहेको संकेत गर्छ ।

निर्माण पक्षका अनुसार पोस्टरमार्फत फिल्मको कथा पूर्वलाहुरेको जीवनमा मात्र सीमित नभइ नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यमा आधारित रहेको जानकारी दिन खोजिएको हो ।

भदौ २६ लाई प्रदर्शन मिति तोकिएको यस फिल्ममा उनीहरूसहित बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनील थापालगायतको अभिनय रहेको छ ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको लेखक र निर्देशक माओत्से गुरुङ हुन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  २ : ०४ बजे

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव