‘नेसनल अवार्ड’को हालत त यस्तो छ, निजीको किन नहोस्: प्रदीप भट्टराई « Khabarhub

‘नेसनल अवार्ड’को हालत त यस्तो छ, निजीको किन नहोस्: प्रदीप भट्टराई


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ३ वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्डलाई झार टार्ने गरी असार २७ मा चलचित्र विकास बोर्डले अवार्ड वितरण समारोहको आयोजना गर्‍यो । नेपालमा निजी अवार्ड वितरणमा पैसाको चलखेल हुने गरेको बहस चलिरहेका बेला चलचित्र विकास बोर्डले वितरण गरेको राष्ट्रिय अवार्डको पनि चर्को विरोध भयो ।

फिल्मकर्मीले राष्ट्रिय अवार्ड पनि कलाकार र फिल्मको मूल्याङ्कनका आधारमा वितरण गर्नुपर्नेमा लबिङ गर्नेलाई दिएको आरोप लगाए ।

यसैबीच निर्देशक प्रदीप भट्टराईले ‘राष्ट्रिय अवार्ड’ को पनि यो हालत भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । खबरहबसँग कुराकानी गर्दै उनले राष्ट्रिय अवार्डको विरोध गरे ।

‘मलाई अवार्ड समारोहको खासै अनुभव पनि छैन, अस्ति चाहिँ म गएँ, अवार्डको खेती त यस्तो पो हुँदो रहेछ,’ उनले भने ।

फिल्मकर्मीका लागि अवार्ड चाडजस्तो भएको तर नेपालमा अवार्ड भन्नु विदेश जाने सर्टिफिकेट जस्तो भएको उनको भनाइ छ । ‘नेसनल अवार्ड पनि एकजना व्यक्तिले गरेजस्तो भयो, निजी अवार्डलाई त पहिलेदेखि नै आरोप लगाइन्थ्यो,’ उनले भने, ‘कुनै दिन खाली हलमा अवार्ड वितरण हुने दिन नआउला भन्न सकिन्न ।’

उनले वि.सं २०७३ मा रिलिज भएका फिल्मलाई गरिएको अवार्डमा चित्त बुझेको तर वि.सं. २०७४ र ०७५ सालका फिल्मलाई वितरण गरिएको अवार्डले आफ्नो मन दुखाएको बताए ।

‘सबैभन्दा पहिले त फिल्म नबुझ्नेलाई निर्णायक राख्नु भएन, मेरो फिल्म मैलेभन्दा पनि नजान्नेलाई समीक्षा गर्न दिइयो भने मलाई चित्त बुझ्ला? भएको यो पनि हो,’ उनले गुनासो पोखे, ‘२०७३ मा दिइएको अवार्डमा म एकदमै खुशी छु, मैले त्यतिबेला मजाले ताली पनि बजाएको थिएँ, तर पछि यस्ता फिल्मले अवार्ड पाए कि, आफैलाई लाज लाग्यो ।’

उनले अवार्ड भनेको फिल्मकर्मीका लागि आर्शीवाद भएको बताउँदै फिल्मको मूल्याङ्कन गरेर अवार्ड वितरण गरिनुपर्ने बताए ।

गत असार २७ गते चलचित्र विकास बोर्डले राष्ट्रपति भवन शीतल निवासमा अवार्ड वितरण समारोहको आयोजना गरेको थियो । विकास बोर्डले ३ वर्षदेखि हुन नसकेका कारण एकैपटक ३ वर्षको अवार्ड वितरण गरेको थियो । अवार्ड समारोहमा कलाकारलाई बस्ने व्यवस्था पनि नमिलाएको, आसेपासे र लबिङ गर्नेलाई झुर फिल्म भएर पनि अवार्ड दिइएको भन्दै व्यापक विरोध भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ३ : ४८ बजे

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले